शुक्रबार, २१ वैशाख २०८१

प्राधिकरणमा सुधारको काम धेरै गरे, अक्षम भनेर निकाल्न खोजिए शैह्य हुँदैन : हितेन्द्रदेव शाक्य

समयपोष्ट २०७८ साउन २० गते १५:४१

 

Advertisement

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले अक्षम भनेर निकाल्न खोजिए शैह्य नहुने चेतावनी दिएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले उर्जामन्त्री पम्फा भुसाललाई शाक्यलाई हटाएर पुन: कुलमान घिसिंगलाई ल्याउँन निर्देशन दिएसँगै बुधबार पत्रकार सम्मेलनमार्फत उनले यस्तो बताएका हुन् ।

उनले वैकल्पिक बाटा दिइए प्राधिकरण छाड्न आफु तयार भएको बताउँदै भने,‘वैकल्पिक बाटो दिँदा जान्छु, जिम्मेवारी लिन्छु’, उनले भने, ‘अक्षम भनेर निकाल्न पाइँदैन, अन्याय गरे अदालत पनि छ ।’

Advertisement

शाक्यले आफुलाई राजीनामाको अनुरोध वा निर्देशन कहिकतैबाट नआएका दावी समेत दाबी गरे । उनले आफूले कार्यकाल सम्हालेयता प्राधिकरणमा सुधारको काम धेरै गरेको पनि दावी गरे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री