बिहीबार, २० वैशाख २०८१

नो अब्जेक्सज सर्टिफिकेट पुनः सूचारु हुने

समयपोष्ट २०७७ भदौ ११ गते १७:४३

Advertisement

उच्चशिक्षाका लागि विदेशी विश्वविद्यालयहरुमा अध्ययन गर्न चाहने विद्यार्थीलाई वैदेशिक अध्ययन अनुमतिपत्र (नो अब्जेक्सज सर्टिफिकेट) जारीको कार्य पुनः सूचारु हुने भएको छ ।

मन्त्रिपरिषद्को यही भदौ ९ गतेको बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता डा युवराज खतिवडाले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

कोरोना महामारीको जोखिमका कारण सरकारले गत चैत ३ गते उक्त अनुमति दिने कार्य स्थगनको निर्णय गरेको थियो । जोखिम कायमै रहे ता पनि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाइ यही भदौ १६ गतेदेखि अन्तर्राष्ट्रिय उडान खोल्ने तयारी भएपछि वैदेशिक अध्ययन अनुमतिपत्र पनि खुल्ने भएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्यस्तो अनुमति जारी गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री