शुक्रबार, १६ चैत २०८०

भारतका पूर्व राष्ट्रपति मुखर्जीको अवस्था चिन्ताजनक

समयपोष्ट २०७७ साउन २८ गते १९:४९

Advertisement

भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको स्वास्थ्य अवस्था चिन्ताजनक भएको छ ।

मष्तिकको आकस्मिक शल्यक्रियापछि उहाँको अवस्था गम्भीर भएको र हाल भेन्टिलेटरमा राखिएको मुखर्जीलाई भर्ना गरिएको सैनिक अस्पतालले बुधबार जानकारी गराएको छ ।

‘हाल, उहाँको ‘हेमोडाइनमिकली’ स्थिर भएको र भेन्टिलेटरमा हुनुहुन्छ’ आर्मी अस्पतालले जानकारी दिएको छ । पूर्व राष्ट्रपतिको मस्तिष्कमा क्लट जमेको कारण गत १० अगस्तमा आपतकालीन शल्यक्रिया गरिएको थियो । तर कुनै सुधार नदेखिएको बताइएको छ ।

गत सोमबार ८४ वर्षीय मुखर्जीले आफूलाई कोरोना भाइरस सङ्क्रमण भएको ट्वीटरमार्फत बताउनु भएको थियो । केही दिनयता आफू सम्पर्कमा आएर व्यक्तिहरुलाई कोरोना परिक्षण गराउन र अलग्ग बस्नको लागि समेत उहाँले आग्रह गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री