शुक्रबार, १४ वैशाख २०८१

स्क्वास खेलका प्रशिक्षक कोरोना सङ्क्रमित

rss २०७७ साउन २५ गते २०:५८

Advertisement

स्क्वास खेलका एक प्रशिक्षक कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको छ ।

उहाँले शनिबार पिसिआर परीक्षण गराउनुभएको थियो । परीक्षणको आज रिपोर्ट आएपछि उहाँमा सङ्क्रमण पुष्टि भएको हो ।

ललितपुरको सातदोबाटोस्थित अन्तरराष्ट्रिय खेलकूद परिसरमा रहेको स्क्वास हलमा आफूसँगै खेल्ने साथीमा गत साता कोरोना पाजेटिभ देखिएपछि पिसिआर परीक्षण गरेको र आफू पनि सङ्क्रमित भएको उहाँले बताउनुभयो ।

उहाँ अहिले सातदोबाटोस्थित स्क्वास भवनमा क्वारेन्टिनमा बस्नुभएको छ । उहाँले परिवारका सबै सदस्यको पिसिआर परीक्षण गराइने बताउनुभयो । उहाँले डेढ दशकदेखि स्क्वासका खेलाडीलाई प्रशिक्षण दिँदै आउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री