शनिबार, ८ वैशाख २०८१

प्रचण्डलाई भैँसेपाटीबाट यसरी बिदा गरेका रहेछन् बामदेवले

समयपोष्ट २०७७ साउन २१ गते १४:२०

Advertisement

नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले आफू पार्टीको कुनै पनि गुटमा नलाग्ने बताएका छन् ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मंगलबार आफ्नै भैंसेपाटीस्थित निजि निवासमा भएको भेटमा आफू कुनै निश्चित नेता वा विचार समूहको पक्षमा नभई पार्टी एकताप्रति दृढ रहेको बताएको उनका सहयोगी विश्वमणि सुवेदीले जानकारी दिएका छन् ।

सुवेदीले सामाजिक सञ्जाल फेसबुकमा गौतमको तर्फबाट स्पष्टिकरण दिँदै लेखेका छन्, ‘क. प्रचण्डले ‘अब तपाईं के गर्नुहुन्छ ?’ भनी सोध्नुभयो । उपाध्यक्ष क. वामदेव गौतमले ‘म ठूलो–सानो कुनै पनि गुटमा लाग्दिनँ’ भनी अध्यक्ष क. प्रचण्डलाई बिदा गर्नुभयो’

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री