बुधबार, १२ वैशाख २०८१

शिवम् सिमेन्टका ग्राहकहरुको लागि चाँदी नै चाँदी

समयपोष्ट २०७३ भदौ १५ गते २:३८

सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट लिमिटेडले नजिकिदै गरेको दसै  तिहार र छठ पर्वको अवसरमा आफ्ना सम्पूर्ण ग्राहकहरुलाईचाँदी नै चाँदी नामक योजना बजारमा ल्याएको छ । यस योजना अन्तर्गत, चाडपर्वको अवसरमा शिवम् सिमेन्टले प्रत्येक ४० बोरा सिमेन्टको खरिदमा १० ग्राम लक्ष्मी–गणेश अकिंत चाँदीको सिक्का उपहार योजना लागू गर्ने भएको छ । यो योजना सीमित स्टकको लागि नेपाल अधिराज्यभर लागू गरिएको छ ।

Advertisement

विगत लामो समयदेखि गुणस्तरयुक्त असली ओ.पि.सि. सिमेन्ट उत्पादन गर्दै निमार्ण क्षेत्रमा एक अग्रणी स्थान हासिल गर्न सफल भएको भन्दै शिवम् सिमेन्टले  समय–समयमा आफ्ना ग्राहकहरुलाई विभिन्न योजनाहरु मार्फत थप उत्साह प्रदान गर्दै सहुलियत दिँदै आइरहेको बताएको छ ।

यसै क्रममा अब कम्पनीले विशेष चाडपर्वलाई लक्षित गर्दै लक्ष्मी र गणेश अंकित चाँदीको सिक्का उपहार स्वरुप प्रदान गर्ने योजना ल्याएको हो । यसपालीको चाडपर्वमा अब क्वालिटि घरको निमार्णसँगै चाँदी नै चाँदी को उपहारको खुशीयाली बाँड्ने कम्पनीको लक्ष्य रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री