बिहीबार, १३ वैशाख २०८१

शिक्षामन्त्रीसँग सचिवको कार्यसम्पादन सम्झौता

समयपोष्ट २०७६ साउन २९ गते २०:४०

Advertisement

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलसँग सचिवले ‘कार्यसम्पादन सम्झौता’ गर्नुभएको छ । मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्रीसँग शिक्षा सचिव खगराज बराल र विज्ञान प्रविधि सचिव कृष्णराज विसीले कार्यसम्पादन सम्झौता गर्नुभएको हो ।

सो अवसरमा मन्त्री पोखरेलले कार्यसम्पादन सम्झौताले कामप्रति सजग र समयसीमा भित्रै कर्तव्यपालनामा सघाउ पु¥याउने भन्दै समयसीमाभित्रै सरकारले राखेको लक्ष्य हासिल हुने र परिणाम देखिने गरी काम गर्न निर्देशन पनि दिनुभयो ।

“जनताप्रति उत्तरदायी भएर जनमुखी काम गर्नुपर्दछ । आर्थिक वर्षको अन्त्यमा मात्रै काम गर्ने परिपाटीको समेत अन्त्य गरी बजेट अनुसार तत्काल काम गर्नुहोस्”, उहाँले निर्देशन दिँदै भन्नुभयो । छोटो समयमा नतिजा दिनेगरी काम गर्न भन्दै उहाँले कार्यसम्पादन सम्झौता ‘प्रक्रिया’ को रुपमा मात्रैं नबुझ्न समेत आग्रह गर्नुभयो ।

सचिवद्वय बराल र विसीले सरकारले लिएको लक्ष्य हासिल गर्न र मन्त्रालयको गरिमालाई उँचो राख्न उच्च मनोबलसहित कार्यसम्पादनमा सक्रियतापूर्वक लाग्ने प्रतिबद्धता गर्नुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग सरकारका उपप्रधानमन्त्री र मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेपछि हरेक मन्त्रीसँग सचिवले कार्यन्वयन सम्झौता गरिरहेका छन् । मन्त्री र सचिवबीच भएको सम्झौता पत्रमा एक वर्षभित्र कसले के काम गर्ने, कति महीनाभित्र गर्ने र कस्ता कामलाई विशेष प्राथमिकतामा राख्ने भन्ने विषय उल्लेख गरिएको छ । सोही अवसरमा सचिवद्वयसँग पनि आफ्ना मातहतका निकाय, विभाग, महाशाखा र शाखा प्रमुखले कार्यसम्पादन सम्झौता गर्ने हुनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री