बिहीबार, १३ वैशाख २०८१

१० औँ पुस्तकालय दिवसको अवसरमा प्रभातफेरी निकालियो

समयपोष्ट २०७४ भदौ १५ गते ५:५०

आज १० औँ पुस्तकालय दिवस मनाइँदैछ । दिवसको अवसरमा आज बिहान प्रभातफेरी  निकालिएको छ । 

Advertisement

आज बिहान भृकुटीमण्डपबाट शुरु भएको प्रभातफेरी शहिदगेट, रत्नपार्क, कमलादी हुँदै कमलपोखरीमा पुगी सम्पन्न भएको छ । 

शिक्षा मन्त्रालय, पुस्तकालय दिवस मूल समारोह समितिको आयोजनामा ¥याली निकालिएको हो । ¥यालीमा ‘पढ्ने संस्कृतिको विकास गरौँ’ ‘एक स्थानीय तह एक पुस्तकालय’ ‘पुस्तक ज्ञानको भण्डार’ जस्ता प्लेकार्ड बोकेर प्रदर्शनी गरिएको थियो । 

¥यालीमा शिक्षा मन्त्रालयका उच्च अधिकारीसहित विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो । ¥यालीपछि कमलपोखरीस्थित रुसी सांस्कृतिक केन्द्रमा उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठको विशेष उपस्थितीमा कार्यक्रम आयोजना गरिने मन्त्रालयकी प्रवक्ता सरस्वती पोखरेलले जानकारी दिईन् ।  

‘जीवनपर्यन्त शिक्षाका लागि एक स्थानीय तह एक नमूना पुस्तकालय’ भन्ने मूलनाराका साथ पुस्तकालय दिवस मनाइँदै छ । 

नेपालमा पठन संस्कृतिको विकास गर्नका लागि २०६५ सालदेखि पुस्तकालय दिवस मनाइँदै आइरहेको छ । दिवस मनाउनका लागि मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ । 

अहिले नेपालमा करिब एक हजार पुस्तकालय रहेका छन् । रासस 

प्रतिक्रिया

सम्बन्धित सामाग्री