शनिबार, ८ वैशाख २०८१

अर्घा भगवती विमानस्थल निर्माण कार्यको सिलन्यास, एक वर्षमै सम्पन्न हुने (फोटो फिचर सहित)

समयपोष्ट २०७६ साउन २२ गते १८:२२

Advertisement

अशोक खनाल

अर्घाखाँचीको अर्घा भगवती विमान स्थल निर्माण कार्यको सिलन्यास गरिएको छ।

बुधवार एक कार्यक्रममका बीच पुर्ब उपप्रधानमन्त्री तथा अर्घाखाँची जिल्लाका प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीले रिबन काटी शुभारम्भ गरेका हुन् ।

शुभारम्भ कार्यक्रममा रास्ट्रिय सभा सदस्य चन्द्र बहादुर खड्का, प्रदेश सभा सदस्यहरु चेत नारायण आचार्य, रामजी प्रसाद घिमिरे, जिल्ला समन्वय समितिका उप प्रमुख ऋषि बहादुर पुलामी, सन्धीखर्क नगरपालिका का प्रमुख कमल प्रसाद भुसाल, प्रमुख जिल्ला अधिकारी प्रेम लाल लामिछाने नागरिक उद्घयन प्रधिकरणका इन्जिनियर लगायत जनप्रतिनिधि राजनैतिक दलका प्रमुख स्थानीय बासिन्दा लगाएतको उपस्थिति रहेको थियोे ।

झण्डै ५ करोड ७० लाखमा लुम्बिनी अर्घाखाँची पुस्पा जेभीले उक्त बिमानस्थलको रनवे निर्माण गर्ने संझैता भएको छ । आज बाट निर्माण कार्य शुरु भएको विमान स्थल २०७७ कात्तिक ५ गते सम्म सम्पन्न गरिसक्नु पर्ने संझैता पत्रमा उल्लेख छ ।

तस्वीरहरु : अशोक खनाल

प्रतिक्रिया

सम्बन्धित सामाग्री