बिहीबार, १३ वैशाख २०८१

शिक्षा क्षेत्रमा हुँने भ्रष्टाचारका उजुरी प्रदेश नं ६ मा बढी

समयपोष्ट २०७४ भदौ १३ गते ६:५६

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले प्रदेश नं ६ मा शिक्षा क्षेत्रमा भ्रष्टाचारका सबैभन्दा बढी उजुरी परेको जनाएको छ । 
आयोग कार्य क्षेत्रभित्रका जिल्लाबाट परेका विषयगत उजुरीलाई विश्लेषण गर्दै अख्तियारले शिक्षा, स्थानीय विकास, वन तथा भू–संरक्षणसँग सम्बन्धित उजुरी बढी परेको जनाएको हो । 

Advertisement

गत वर्ष परेको ६३३ उजुरीमध्ये शिक्षामा २६३, स्थानीय विकासमा १२१, वन तथा भू–संरक्षणमा ६० वटा छन् । तीमध्ये शिक्षाका १७८, स्थानीय विकासका ७१ र वनका ६० उजुरी फस्र्योट गरेको सो कार्यालयका सूचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिए ।  कार्यालयले उक्त अवधिमा ३९३ उजुरी फस्र्योट गरेको छ । 

गत वर्ष पाँच अभियोग पत्र विशेष अदालतमा दायर गर्नाका साथै तीनजनालाई घूस लिँदै गर्दा पक्राउ गरेको थियो । प्रारम्भिक छानविन र विस्तृत अनुसन्धानबाट गरी रु ३७ लाख ४० हजार ५६५ असुल गरेको सूचना अधिकारी सापकोटाले बताए । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका प्रमुख रविलाल पन्थले आयोगको एक्लै प्रयासबाट मात्र भ्रष्टाचार न्यूनीकरण हुन नसक्ने भएकाले यसका लागि सबैको सकारात्मक सहयोगको अपेक्षा गरे । रासस 

प्रतिक्रिया

सम्बन्धित सामाग्री