शुक्रबार, ४ जेठ २०८१

कुन उमेरका जोडिले वर्षभरिमा कति पटक शारिरिक सम्बन्ध राख्ने ?, निकै रोचक परिणाम

समयपोष्ट २०७६ साउन १३ गते १९:४६

Advertisement

दाम्पत्य जीवन सुमुधुर बनाउन कति पटक शारिरिक सम्बन्ध राख्ने भन्ने कुराको कुनै नियम छैन । यो पूर्ण रुपले तपाईंको खुशीमा भरपर्छ । तर, यो विषयमा भएको एक अध्ययनमा केहि निश्कर्ष निकालिएको छ की उमेर अनुसार मानिसले कति पटकसम्म शारिरिक सम्बन्ध राख्नुपर्छ भनेर ।

किन्जी इन्स्टिच्यूट अफ रिसर्च इन सेक्स, रिप्रोक्डशन एन्ड जेन्डरले गरेको अध्ययन अनुसार वर्षभरिमा कति पटक शारिरिक सम्बन्ध राख्नु उपयुक्त हुन्छ भनेर सार्वजनिक गरेको छ । परिणाम निकै रोचक छ ।

अध्ययनमा १८ देखि २९ वर्षसम्म मानिसले वर्षमा औसत ११२ पटकसम्म शारिरिक सम्बन्ध राख्छन् । यस्तै ३० देखि ३९ वर्ष उमेर समूहका मानिसले वर्षमा औसत ८६ पटक शारिरिक सम्बन्ध राखेको पाइयो भने ४० देखि ४९ वर्ष उमेर समूहका मानिसले वर्षमा ६९ पटक सम्बन्ध राखेको पाइयो ।

Advertisement

विवाह पछिको नतिजा

अचम्मको कुरा यो थियो की १३ प्रतिशत नवविवाहिता जोडी यस्ता थिए जसले वर्षभरि मै शारिरिक सम्बन्ध  कम गरि सकेका थिए । त्यस्तै ४५ प्रतिशत दम्पतीले महिनामा कहिलेकाही मात्रै शारिरिक सम्बन्ध राख्ने गरेका थिए ।

फ्रिक्वेन्सी कम हुनुको कारण

विवाहपछि शारिरिक सम्बन्धको ‘फ्रिक्वेन्सी’ कम हुनुको कारण जिम्मेवारी बढ्नु पनि हो । जस्तै: हेक्टिक वर्क सेड्युल, घरको काम आदि । एक्सर्ट्सका अनुसार उमेर बढ्नुको साथै मानिसमा रोगले पनि आक्रमण गर्न थाल्छ जसले शारिरिक सम्बन्धप्रतिको इच्छा कम हुँदै जान्छ ।

३४ प्रतिशत मानिसले सातामा दुईदेखि तीन पटकसम्म शारिरिक सम्बन्ध स्विकारे । सात प्रतिशतले सातामा चारदेखि पाँच पटकसम्म शारिरिक सम्बन्ध  राख्न रुचाउँथे ।

माथि दिइएको तथ्यांकबाट आफ्नो दाम्पत्य जीवनको तुलना गर्नु भन्दा पहिले लामो सास लिनुस् र यो ध्यान राख्नुस की शारिरिक सम्बन्धको अर्थ मिल्ने साथीसँग राम्रो समय बिताउनु पनि हो । जबसम्म तपाईं र तपाईंको पार्टनर शारिरिक सम्बन्धबाट सन्तुष्ट बन्छन त्यसले फरक पार्दैन की कति समयसम्म शारिरिक सम्बन्ध  राख्नुपर्छ भनेर ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री