शुक्रबार, १४ वैशाख २०८१

विदेश ताक्दै उत्कृष्ट विद्यार्थी

समयपोष्ट २०७६ असार १७ गते २१:०६

Advertisement

तीनै तहका सरकारले प्राविधिक जनशक्ति बढाउने योजना बनाइरहँदा क्याम्पसमा उत्कृष्ट अङ्क ल्याएका विद्यार्थी विदेशिरहेका छन् । पुल्चोक इञ्जिनीयरिङ क्याम्पसमा अध्ययन गरेकामध्ये उत्कृष्ट अङ्क ल्याएकामध्ये थोरै मात्रै विद्यार्थी देशमा नै बस्ने चाहेको पाइएको पुल्चोक इञ्जिीनियरिङ क्याम्पसले जनाएको छ ।

विगतमा पास गरेकाहरु वैदेशिक अध्ययनमा गइरहेको र अहिले अध्ययनरत् पनि पास हुनासाथ विदेश नै जाने योजना बनाएको सहायक क्याम्पस प्रमुख शिवकृष्ण दुवाले बताए। उनका अनुसार स्नातक तहमा इञ्जिनीयरिङ विभागका जुनसुकै सङ्कायमा अध्ययन गरेकाहरु स्नातकोत्तरका लागि विदेश जान चाहन्छन् । संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य र क्यानडा नै धेरैको रोजाइमा परेको उनले बताए ।

स्नातक सकेर स्नातकोत्तर अध्ययनका लागि जाने विद्यार्थीको सङ्ख्या पनि धेरै रहेको क्याम्पसले जनाएको छ । उनले भने, “उता नै राम्रो अवसर पाउनेभन्दै विद्यार्थीहरु स्नातक, स्नातकोत्तर गर्ने र उतै काम गर्ने गरी जान्छन् ।”

कलेजका कक्षामा पढिरहँदा नै धेरैले थप अध्ययन विदेशमा गर्ने योजना बनाउने गरेको दुवाको भनाइ छ । विदेशमा रहेका कतिपय विश्वविद्यालय पहिले नै यहाँका विद्यार्थीका लागि विभिन्न अवसरको उद्घोष गर्ने गरेको सहायक क्याम्पस प्रमुख दुवाले बताए। उनले भने, “अहिले पनि जापानको एउटा विश्वविद्यालय १२० जना विद्यार्थीलाई स्नातकोत्तर अध्ययनको अफर लिएर आइरहेको छ ।” २५ वर्ष पुरानो क्याम्पसमा अहिले छ सङ्काय रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री