शुक्रबार, १४ वैशाख २०८१

अर्थमन्त्री भन्छन : व्यापार घाटा कम गर्न आन्तरिक उत्पादन वृद्धिमा जोड दिने नीति लिइएका छौं

समयपोष्ट २०७४ साउन १६ गते १२:५२

अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले व्यापार घाटालाई कम गर्न आन्तरिक उत्पादन वृद्धिमा जोड दिने नीति लिइएको जानकारी दिएका छन ।

Advertisement

नेपाल चेम्वर अफ कमर्सद्धारा सोमबार आयोजित कार्यक्रममा बोल्दै उनले कृषि, ऊर्जा र उद्योग क्षेत्रको विकासलाई उच्च प्राथमिकता दिएर मुलुकको आन्तरिक उत्पादन बढाउन आफूले सम्वद्ध निकायलाई निर्देशन दिइसकेको पनि स्मरण गराए । 

अर्थमन्त्री कार्कीले आर्थिक बृद्धिदर बढदै जाने प्रशस्त आधारहरु तयार भएको दावी पनि गरे । उनले भूकम्पपछिको पुनर्निर्माणको कामलाई तीव्रता दिने, राष्ट्रिय गौरवका आयोजनाहरुलाई तीव्र गतिमा अघि बढाउने जस्ता कामलाई उच्च प्राथमिकता दिएर आर्थिक वृद्धिदर बढाउन सकिने कार्ययोजना रहेको बताए । गत आर्थिक वर्षमा ६ दशमलब ९ प्रतिशतको आर्थिक बृद्धि कायम रहेको बताउँदै कार्कीले यो वर्ष ७ दशमलब २ प्रतिशत पुयाउने लक्ष्य लिएको बताए।  अर्थमन्त्री कार्कीले लगानी भित्रयाउने गरी आवश्यक नीतिगत निर्णय पनि सरकार प्रतिवद्ध रहेको पनि स्पष्ट पारे । 

 चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले स्थानीय निकायको निर्वाचनसँंगै सवैमा खुशी छाए पनि व्यापारीमा भने दोहोरो मारमा पर्ने चिन्ता छाएको बताए। उनले लगानीको वातावरण वनिरहेको बेला फेरि लोडसेडिङ हुने चिन्ता छाएको बताउँदै लोडसेडिङ हुन नदिन अर्थमन्त्रालयले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री