बिहीबार, १३ वैशाख २०८१

वीर अस्पतालको सेवालाई गुणस्तरीय बनाउन पर्याप्त बजेटको व्यवस्था भईसक्यो : प्रधानमन्त्री

समयपोष्ट २०७४ साउन १२ गते १०:३१

प्रधानमन्त्री शेरबहादुर देउवाले वीर अस्पतालको सेवालाई गुणस्तरीय बनाउन सरकारले पर्याप्त बजेटको व्यवस्था गरेको बताएका छन् । वीर अस्पतालको १ सय २८ औं वार्षिकउत्सवको अवसरमा विहीबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले वीर अस्पतालको सेवालाई गुणस्तरीय बनाउन सरकारले पर्याप्त बजेटको व्यवस्था गरेको बताएका हुन् । 

Advertisement

कार्यक्रममा प्रधानमन्त्री  देउवाले सबै नागरिकलाई प्रत्यक्ष अनुभूति हुने गरी गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न  वीर अस्पताललाई सचेत गराएको समेत बताए । 

प्रधानमन्त्री  देउवाले आधारभूत स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिवद्ध रहेकोे उल्लेख गर्दै त्यसका लागि आवश्यक उपकरण खरिदका लागि पर्याप्त बजेट विनियोजन गरेको उल्लेख गरे । 

प्रधानमन्त्री देउवाले आधारभूत स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने गरी सरकारले नीतिगत, कानुनी र संस्थागत संरचना व्यवस्थापनको काम गरिरहेको बताए ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री