बिहीबार, १३ वैशाख २०८१

एनएमबी बैङ्कले पूर्णरूपमा स्वचालित बैङ्किङ सेवा सञ्चालन गर्ने

समयपोष्ट २०७४ साउन १२ गते ४:१२

एनएमबी बैङ्कले नेपालमा पूर्णरूपमा स्वचालित बैङ्किङ सेवा सञ्चालन गर्न सिङ्गापुरस्थित सेवा प्रदायक कम्पनी बैङ्क जिनीसँग सम्झौता गरेको छ । एनएमबीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनील केसी र बैङ्क जिनीका सीईओ रामकुमार शर्माले सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । 

Advertisement

सम्झौताअनुरूप एनएमबी बैङ्कले बैङ्क जिनीको सहकार्यमा ट्याब्लेट उपकरणमा आधारित स्मार्ट टेलर सेवा सञ्चालन गर्दै स्वचालित बैङ्किङ सेवा प्रदान गर्नेछ । एनएमबी बैङ्कले बैङ्किङ क्षेत्रमा  नवीनतम सेवा पु¥याउन यो सेवा भित्र्याएको बैङ्कका सीईओ केसीले जानकारी दिए ।  यो सेवाले बैङ्कलाई डिजिटल बैङ्किङ सेवामा अग्रणी स्थानमा उभ्याउने तथा ग्राहकलाई सहजरूपमा बैङ्किङ सेवा लिन गर्न अझ सहज हुने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री