शनिबार, १५ वैशाख २०८१

आकासे सुन्दरी हुने इच्छा छ ?, खुल्यो आवेदन फारम 

समयपोष्ट २०७४ साउन ११ गते ५:५२

सिजन मिडियाद्धारा विगत ७ वर्ष देखि आयोजना गर्दै आएको मिस एयर होस्टेस २०१७ चौथो सस्ंकरणका लागि आवेदन फारम खुल्ला गरेको छ । 

Advertisement

मिस एयस होस्टेसका लागि एयर होस्टेस सम्वन्धी काठमाडौं लगायत विभिनन सहरहरुमा एयर होस्टेसको तालिम लिइ वसेका वा तालिम लिदै गरेका कक्षा १२ वा सोसरह अध्ययनरत ५ फिट २ इन्च उचाई भएका युवतीहरुले यस प्रतियोगीताको लागि आवेदन फारम भर्न सक्छन । 

प्रतियोगीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि लगायत नेतृत्वदायी क्षमताको विकास  लागि सहयोग पुर्याउने र एयर होस्टेस वन्नको लागि सहयोग पुर्याउछ भन्ने हेतुले यो कार्यक्रमलाई निरन्तरता दिन लागेको सिजन मिडियाका प्रबन्ध निर्देशक प्रदीपराज वन्तले बताए । मिस एयरहोस्टेसको नाममा मिल्दा जुल्दा नाम राखि मिस एयर होस्टेस नेपाल, डिभा जस्ता विभिन्न नाममा कार्यक्रमहरु फेशवुक मार्फत आवहान भइरहेकोले उक्त टाइटल आधिकारीक नभएको पनि उनले जानकारी दिए ।
प्रक्रियावाट छनौट भएका  प्रतियोगीहरुलाई भदौ पहिलो सातावाट कमलादि स्थित सिडव्लु पाटी प्यालेसमा प्रशिक्षण दिइने छ । प्रशिक्षणको क्रममा व्यक्तित्व विकास सम्वन्धी पनि प्रशिक्षण ,हस्पीटालीटी सम्वन्धि जानकारी प्रदान पनि गराइने साथै स्टेज पर्फमेन्स क्याटवाक आदि लगायतका विभिन्न विद्यामा कोरियोग्राफर रोजीन शाक्यले गु्रमिङ गर्नेछिन ।  भाद्र अन्तिम साता उत्त प्रतियोगीताको अन्तिम प्रतिष्प्रधा हुने सिजन मिडियाले जनाएको छ ।
प्रतियोगिताका विजेताले “मिस एयरहोस्टेस २०१७” को ताज उपाधि सहित रु २५ हजार नगद पुरस्कार साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय विमान कम्पनीमा रोजगारीको अवसर प्रदान पाउने छन ।  यस्तै उच्च शिक्षामा १ लाख वरावरको छात्रावृत्ति ,साथै अन्य गिफ्टहयाम्पर पाउने छन भने फस्ट रनर अप र सेकेण्ड रनरले क्रमस रु १५ हजार र १० हजार नगद पुरस्कार साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय विमान कम्पनीमा रोजगारीको अवसर पाउने छन ।  साथै उच्च शिक्षामा १ लाख वरावरको छात्रावृत्ति ,साथै अन्य गिफ्टहयाम्पर पाउने छन ।  यस बाहेक अन्य विभिन्न १५ विधामा पनि सव टाइटल अवार्डहरु प्रदान गरिने सिजन मिडियाले जनाएको छ । 

air hostej

प्रतिक्रिया

सम्बन्धित सामाग्री