शुक्रबार, १४ वैशाख २०८१

चापागाउँ कोटडाँडादेखि रत्नपार्कसम्म सिधा बस सेवा सञ्चालन

समयपोष्ट २०७४ साउन ७ गते ८:४३

आजदेखि गोदावरी नगरपालिका, चापागाउँ कोटडाँडादेखि रत्नपार्कसम्म सिधा बस सेवा सञ्चालन भएको छ । 

Advertisement

सो अवसरमा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले जनताको सुविधाका लागि बस सेवा सञ्चालन गरेको बताउँदै बस सेवाले नगरवासीलाई सहज बनाएको बताए । 
उनले नगरवासीले पाउने सुविधामा कुनै सम्झौता हुन सक्दैन भन्दै गोदावरी नगरपालिकाभित्र चक्रपथ निर्माणको लक्ष्य रहेको जानकारी दिए ।  

सर्वसाधारणलाई थप सेवा पु¥याउने उद्देश्यले साझा यातायातसँग नगरपालिकाले रु १० लाखको शेयर लिने योजना रहेको पनि प्रमुख महर्जनले बताए । 

बज्रवाराही यातायात सेवा प्रालिद्वारा सञ्चालित उक्त बस सेवा नियमित र दु्रत गतिमा हुने प्रालिका अध्यक्ष मनोजकुमार महर्जनले बताए ।  

सर्वसाधारणलाई ध्यानमा राख्दै पाँचवटा बसबाट सेवा सञ्चालन गरेको जानकारी दिदैं उनले आगामी एक वर्षभित्र २५ वटा बस थप्ने योजना रहेको बताए ।  

बसभित्र सिसी टिभी र टिभीको सुविधासमेत रहेको बताउँदै अध्यक्ष महर्जनले भने – “प्रतियात्रु भाडा रु २५ लाग्ने छ ।” रासस 

प्रतिक्रिया

सम्बन्धित सामाग्री