बिहीबार, १५ चैत २०८०

एक हजारभन्दा बढी मतदाता चार दिनमा थपिए

समयपोष्ट २०७४ साउन ५ गते ५:४७

संघीय र प्रादेशिक निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले शुरु गरेको मतदाता नामावली दर्ताअन्तर्गत क्षेत्रीय निर्वाचन कार्यालय, कास्कीमा चौथो दिनसम्ममा एक हजार ३१४ जनाले आफ्नो नाम दर्ता गराएका छन् । 

Advertisement

साउनको १ गतेदेखि शुरु भएको नयाँ मतदाता नामावली संकलन तथा अध्यावधिअन्तर्गत हालसम्म ५५८ महिला र ७५६ जना पुरुष मतदाता थपिएको क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख गंगालाल सुवेदीले जानकारी दिए । 

उहाँका अनुसार यही साउन १५ गतेसम्म क्षेत्रीय कार्यालय र साउन १६ देखि कास्कीका चारवटै गाउँपालिकाको केन्द्रमा फोटोसहितको मतदाता नामावली संकलन गरिने भएको छ । 

स्थानीय तहको निर्वाचनमा मतदान गर्नबाट वञ्चित यस क्षेत्रका जनताले प्रचण्ड गर्मीमा पनि आफ्ना सबै काम थाती राखेर फोटोसहितको मतदाता नामावली दर्तामा उत्साह देखाएका छन् । 

मुलुकमा लोकतन्त्र प्राप्तिपछिको पहिलो निर्वाचनपछि नाम छुटेका मतदातामा पनि परिचयपत्रका लागि फोटो खिचाउनु पर्छ भन्ने भावना विकसित भएको सुवेदीले बताए ।   रासस 

प्रतिक्रिया

सम्बन्धित सामाग्री