शुक्रबार, १४ वैशाख २०८१

लगातार बढेको शेयर बजार १.१४ अंकले घट्यो

समयपोष्ट २०७४ साउन ४ गते ९:५२

मंगलबार ३५ अंकले वृद्धि भएको शेयर बजार बुधवार भने १.१४ अंकले घटेर नेप्से १६३७.२७ अंकमा झरेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ०.०२ अंकले बढेर ३४७.६५ अंकमा उक्लिएको छ। 
आज होटल र बिमा बाहेक सवै उप सुचक घटेका छन । होटल १०.३४ र बिमा ५१.९६ अंकले बढे भने अन्य सवै उपसुचक राताम्य भए । बैंक २.७७, बिकास बैंक ४.७१, जलबिद्युत ३.१९, फाइनान्स ७.०९, उत्पादनमुलक २.६४ र अन्य ०.५८ अंकले घटे ।
यस दिन एक अर्व १७ करोड बराबरको १६ लाख ८४ हजार कित्ता शेयर किनबेच भयो । यस दिन सवैभन्दा बढी नेपाल लाईफ इन्स्योरेन्स र नेको इन्स्योरेन्सको शेयर बिक्री भयो । आज सबैभन्दा धेरै अपी पावर कम्पनीका शेयर धनीले करिब १० प्रतिशत कमाएका छन्। सबैभन्दा बढी गुमाउने कम्पनीमा सिनर्जी फाइनान्सका शेयरधनी रहे।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री