बिहीबार, १३ वैशाख २०८१

अग्नीले एपीएफ क्लबलाई खेल सामाग्री उपलब्ध गरायो

समयपोष्ट २०७४ असार ३० गते ८:०८

अग्नी इन्कर्पोरेटेड प्रालिले अग्नि ग्रुप नेपाल एपीएफ क्लबलाई खेल सामाग्री उपलब्ध गराएको छ । कम्पनीले आगामी सिजनको लागि आवश्यक पर्ने ११२८ थान जर्सी तथा ट्रयाक क्लबलाई उपलब्ध गराएको हो ।

Advertisement

 क्लबको प्रायोजक अग्नि ग्रुपका तर्फबाट अर्जुन शर्माले एपीएफ प्रमुख सिंहबहादुर श्रेष्ठलाई उक्त सामाग्री हस्तान्तरण गरे । 

५ वर्षको लागि प्रायोजन गरेको अग्नि ग्रुपले एपीएफ क्लवलाई वर्षभरि आवश्यक पर्ने खेल सामग्री निरन्तर उपलब्ध गराउँदै आएको छ ।

नेपालमा खेलकुदको विकासमा अग्नि ग्रुपको प्रायोजनसँगै सकारात्मक प्रभाव परेको छ भने एपीएफ क्लबले समग्र देशको खेलकुद बिकासमा उत्तरदायी एवं जिम्मेवारीपूर्ण भूमिका खेल्दै आएको विज्ञप्तीमा उल्लेख छ । 

राष्ट्रिय लिगमा मात्र केन्द्रित नभै खेलकुदको जरैदेखि विकास गर्नमा अग्नि केन्द्रित रहेको कम्पनीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री