शनिबार, ८ वैशाख २०८१

‘नेपाल एसबीआई इनटच काउन्टर’ दरबारमार्गमा,एसबिआईको बैंकिग सेवा अब मेसिनमार्फत

समयपोष्ट २०७४ असार २५ गते ६:४९

नेपाल एसबिआई बैंकले अत्याधुनिक डिजिटल बैंकिंङ सेवा सहितको 'नेपाल एसबीआई इनटच काउन्टर'सुरु गरेको छ । नेपालमै पहिलो पटक  एसबिआईले दरबारमार्गमा संचालनमा ल्याएको उक्त काउण्टरमा कर्मचारी हुँदैनन् खाता खोल्ने देखि एटीएम कार्डसम्म मेसिनले दिने गर्छ । 

Advertisement

मेसिनको सेवा बारे जानकारी काउण्टरमा सुरक्षा गार्ड र केही सहयोगीको ब्यवस्था गरिएको छ । उक्त काउण्टरबाट ग्राहकले आफ्नो खाता मेसिनमार्फत आफै खोल्न सक्ने छन् भने मेसिनलेनै ग्राहकको फोटो खिचेर कागजात फोटोकपी गरिदिने बैंकले जनाएको छ । 

काउन्टरबाट कागजरहित सेवा ग्राहकले पाउने छन्।ग्राहकले आधा घण्टाको अवधिमा खाता खोल्ने र डेबिट कार्ड प्राप्त गर्न सक्नेछन् । मेसिनबाटै नगद,चेक जम्मा गर्ने सुविधा समेत काउण्टरबाट प्राप्त हुँनेछ । 

काउन्टरबाट इन्टरनेट बैंकिंग र बैंकसँग सम्बन्धित नीति, नियम,निर्देशिका उपलब्ध हुँनेछ । यस काउण्टरसंगै नेपाली बैंकिङ क्षेत्रमा नयाँ अध्यायको सुरुवात् भएको बैंकको दाबी छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री