शुक्रबार, १६ चैत २०८०

माछापुच्छ्रे बैंकले १२ प्रतिशत हकप्रद जारी गर्दै

समयपोष्ट २०७४ असार १९ गते ५:३७

माछापुच्छ्रे बैंकले १२ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । बैंकले १०० रुपैयाँ अंकित दरमा  ७९ लाख १८ हजार ४४० कित्ता हकप्रद जारी गर्ने भएको हो ।

Advertisement

१० कित्ता बराबर १.२ कित्ताको अनुपातमा गत जेठ १५ गतेसम्म कायम भएका सेयर धनीहरुले बैंकको हकप्रदमा आवेदन दिन सक्नेछन् ।

साउन ५ देखि जारी हुँने हकप्रदमा भदौ ७ सम्म आवेदन दिन सकिने निष्काशन तथा बिक्री प्रवन्धक एनएमबी क्यापिटलले जनाएको छ । 

लगानीकर्ताहरुले माछापुच्छ्रे बैंकका सम्पुर्ण शाखा एवं एनएमबि क्यापिटल नागपोखरीबाट सेयरमा आवेदन दिन सक्नेछन् ।  हकप्रद सेयर निष्काशनपछि  बैंकको चुक्ता पूँजी  ७ अर्ब ३९ करोड रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री