शुक्रबार, १४ वैशाख २०८१

माछापुच्छ्रे बैंक  लिमिटेड सल्यान शाखाद्धारा बृहत निःशुल्क स्वास्थ्य  शिविर

समयपोष्ट २०७४ असार १८ गते १२:१४

माछापुच्छ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत सारदा नगरपालिका १५ स्थित माल्नेटा, सल्यानमा  बृहत निःशुल्क स्वास्थ्य  शिविर सम्पन्न गरेको छ । 
कान्तिपुर सामुदायिक अस्पताल प्रा.लि. को सहकार्यमा शनिवार आयोजना गरिएको स्वास्थ्य  शिविर मार्फत ५३० भन्दा बढी बिरामीले स्वास्थ्य परिक्षण गराई करीव पाँचलाख बराबरको निःशुल्क औषधी समेत वितरण गरीएको थियो । 
यस बैकले नेपालभर छरिएर रहेका आफ्ना शाखा कार्यालयहरु मार्फत देशको सामाजिक, आर्थिक, शैक्षिक तथा खेलकुद लगायतका क्षेत्रको बिकासमा उल्लेख्य योगदान गर्दै आएको छ साथै भविष्यमा पनि यस्ता कार्यक्रमहरु जारी रहने जनाएको छ । 
पोखराबाट २०५७ सालमा बैंकीङ्ग कारोवार शुरु गरेको यस बैकको कुल शाखा संख्या ५६, एक्स्टेन्सन काउण्टर १  का साथै आफ्नै एटिएमको संख्या ७३ रहेको छ ।  रु. ६ अर्ब ५९ करोड ८७ लाख चुक्ता पुंजी रहेको यस बैकले २०७३ साल चैत्र मसान्त सम्ममा रु ५८ अर्ब ४८ लाख निक्षेप परिचालन गरी रु. ५३ अर्ब ५८ लाख कर्जा प्रवाह गरेको छ भने सो अवधिमा १ अर्व ५१ लाख खुद मुनाफा आर्जन गरेको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री