युनियन हाइड्रोपावरको ७ लाख ५० हजार कित्ता आईपिओमा आवेदन खुल्यो
युनियन हाइड्रोपावर कम्पनी लिमिटेडको ७ करोड ५० लाख रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता साधारण सेयरमा आजबाट आवेदन खुलेको छ । कम्पनीले लमजुङ्गका मध्यनेपाल, वेसिशहर र सुन्दरबजार नगरपालिका र कास्कीको रुपा गाउँपालिकाका आयोजना प्रभावित स्थानीयबासीका लागि साधारण सेयर जारी गरेको हो ।
साधारण सेयरमा साउन १४ गते देखि छिटोमा साउन २८ र ढिलोमा भदौ १२ गतेसम्म आवेदन गर्न सकिने बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट्स लिमिटेडले जनाएको छ ।
साधारण सेयरमा न्युनतम ५० देखि अधिकतम ३ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । स्थानीयले विभिन्न बैंक तथा वित्तीय संस्थाका १३ शाखा कार्यालय मार्फत आवेदन दिन सक्नेछन् ।
स्थानीयलाई आर्इ्पिओ जारी गरिसकेपछि सर्वसाधारणलाई २९ करोड १२ लाख ५५ हजार रुपैयाँ बराबरको २९ लाख १२ हजार कित्ता आईपिओ निष्कासन हुने कम्पनीले जनाएकोे छ । कम्पनीले पहिलो चरणमा स्थानीयलाई १० प्रतिशत सेयर जारी गरेर बाँडफाँड पश्चात सर्वसाधारणमा आईपिओ जारी गर्नेछ ।
कम्पनीले लमजुङ जिल्लाको करापुटार गाविसमा ३.३ मेगावाटको मिदिम खोला आयोजना निर्माण गरि संचालनमा ल्याएको छ ।
प्रतिक्रिया