बिहीबार, २० वैशाख २०८१

एनएमबी बैंकले डाक्यो २२ औँ साधारणसभा, यस्ता छन् एजेण्डा

समयपोष्ट २०७५ साउन १० गते ५:५४

एनएमबि बैंकले २२ औँ बार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकले साउन ३१ गते स्टाफ कलेज जावलाखेलमा दिउँसो साढे २ बजे साधारण सभा आह्वान गरेको हो । साधारण सभामा बैंकले एफपिओपश्चात कायम चुक्ता पूँजी ७ अर्ब ६० करोड ३२ लाख ९० हजार ६३४ रुपैयाँको १५ प्रतिशत बोनस तथा कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश पारित गर्देछ ।

Advertisement

साधारणसभा प्रयोजनको लागि बैंकले साउन १७ गतेदेखि ३१ गतेसम्म बुक क्लोज गर्दै छ । जसअनुसार साउन १६ गतेसम्म कायम शेयरधनीले मात्र १५ प्रतिशत बोनस शेयर पाउने छन्।

त्यसैगरि मर्जर तथा एक्विजिशनका प्रकृया बढाउन तथा सो कार्यका लागि आवश्यक अन्य कार्यहरु डिडिए, स्वाप रेसियो निर्धारण र बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव साधारण सभामा रहेका छन् ।

साधारण सभाले एक अर्ब १४ करोड चार लाख ९३ हजार ५९५ रुपैयाँको बोनस पारित गरेपश्चात बैंकको चुक्ता पूँजी ८ अर्ब ७४ करोड ३७ लाख ८४ हजार २२९ रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री