बिहीबार, १३ वैशाख २०८१

यस्ता पनि कानुनमन्त्री !जसलाई मर्यादा थाहै छैन

समयपोष्ट २०७५ साउन ७ गते १:५२

कानुनमन्त्री शेरबहादुर तामाङले बंगलादेशमा मेडिकल शिक्षा अध्ययन गरिरहेका नेपाली छात्राबारे आपत्तिजनक अभिव्यक्ति दिएका छन् ।

Advertisement

आजको नयाँ पत्रिकामा खबर छ,सर्टिफिकेट पाउनका लागि नेपाली चेलीले आफुलाई बेच्नुपरेको टिप्पणी उनले गरेका छन् । त्यो पनि एसइई पास गरेका कलिला विद्यार्थीको बीचमा देशको कानुनमन्त्रीले दिएको यो अभिव्यक्तिले सामाजिक मर्यादाको सम्पूर्ण सीमा नाघेको छ ।

‘म एउटा खुलासा गर्न चाहन्छु, बंंगलादेशमा पढ्न जाने हाम्रा छोरी, चेलीहरूले डाक्टरको सर्टिफिकेट लिन कहीँ न कहीँ आफूलाई बेच्नुपरेको मार्मिक कथा मैले सुनेको छु,’ उनको भनाइ थियो, ‘आफूलाई नसुम्पीकन सर्टिफिकेट पाउँदैनन् ।’

स्वदेशमै मेडिकल शिक्षा अध्ययनको व्यवस्था गर्नुपर्नेभन्दा सरकारविरुद्ध जुलुस निस्कने गरेको मन्त्री तामाङको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री