बिहीबार, १५ साउन २०८२

रसुवा बाढीमा पौने ८४ करोड बढीको बीमा दाबी, हिमालयन एभरेस्टमा सर्वाधिक दाबी

समयपोष्ट २०८२ साउन १४ गते १६:४६

रसुवामा असार अन्तिम साता आएको भीषण बाढी र पहिरोका कारण हालसम्म ८४ करोड रुपैयाँ भन्दा बढीको बीमा दाबी परेको छ।

नेपाल बीमा प्राधिकरणले साउन ८ गतेसम्म ११ वटा निर्जीवन बीमकहरूबाट प्राप्त विवरणअनुसार कुल ६८ वटा बीमा दाबीमा ८४ करोड ३८ लाख १० हजार रुपैयाँ क्षतिपूर्ति माग भएको जनाएको छ।

विवरणअनुसार, सम्पत्ति बीमातर्फ सबैभन्दा धेरै ६ वटा दाबीमा ५८ करोड १ लाख रुपैयाँ क्षतिपूर्ति माग भएको छ। यो रकम कुल दाबीको झन्डै ६९% हो, जसले बाढी-पहिरोले सम्पत्तिमा पुर्‍याएको व्यापक क्षतिलाई प्रष्ट्याउँछ। यस्तै, सामुद्रिक बीमातर्फ १६ करोड २१ लाख, इन्जिनियरिङ तथा ठेकेदार जोखिममा ५ करोड ४० लाख, मोटर बीमा (सार्वजनिक) मा २ करोड ५९ लाख र मोटर बीमा (निजी) मा २ करोड १४ लाख रुपैयाँको दाबी परेको छ।

हिमालयन एभरेस्टमा सर्वाधिक दाबी

बीमकहरूको तथ्यांकअनुसार, हिमालयन एभरेस्ट इन्स्योरेन्समा केवल २ वटा दाबीमा ५५ करोड रुपैयाँ बराबरको क्षतिपूर्ति माग भएको छ, जुन कुल दाबीको सबैभन्दा ठूलो हिस्सा हो। यो रकमले कम्पनीमाथि ठूलो आर्थिक दबाब सिर्जना गरेको छ। यस्तै, शिखर इन्स्योरेन्समा १२ वटा दाबीमा १६ करोड ८५ लाख, नेको इन्स्योरेन्समा ५ करोड १२ लाख, सगरमाथा लुम्बिनीमा ३ करोड ४१ लाख ५० हजार र नेपाल इन्स्योरेन्समा १ करोड २८ लाख ५० हजार रुपैयाँको दाबी परेको छ।

नेपाल इन्स्योरेन्समा १२ वटा दाबीमा १२ लाख ८५ हजार रुपैयाँको दाबी परेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री