अजोड इन्स्योरेन्सले थाल्यो औपचारिक कारोबार
समयपोष्ट
२०७५ असार २१ गते ११:२०
अजोड इन्स्योरेन्स कम्पनीले सिटिसी मल सुन्धारामा रहेको कर्पोरेट कार्यालयबाट औपचारिक कारोबार सुरु गरेको छ।
१ अर्ब रुपैयाँ चुक्ता पुँजीमध्ये संस्थापकहरुबाट ७० करोड रुपैयाँ लगानी भएको र बाँकी ३० करोड रुपैयाँको साधारण शेयर छिट्टै निष्काशन गरिने कम्पनीले जनाएको छ।
व्यापारिक घराना, वाणिज्य बैंक, इन्भेष्मेन्ट कम्पनी, घरजग्गा निर्माण व्यवसायी, जल विद्युत् आयोजना प्रवर्द्धकलगायतको लगानीमा निर्जीवन बीमा कम्पनी सञ्चालनमा आएको हो।
हाल कम्पनीको संस्थापक शेयरधनी समूहमा १०४ जना संस्थापक शेयरधनीहरु रहेकाछन्। कम्पनीको सञ्चालक समिति अध्यक्षमा बिनोदप्रसाद बिष्ट र सदस्यहरुमा मीनबहादुर गुरुङ, आजाद श्रेष्ठ, राजेन्द्रप्रसाद कायस्थ र सागर गुरुङ सञ्चालक रहेका छन्।



























प्रतिक्रिया