शनिबार, २२ वैशाख २०८१

चालीस मेगावाट अपर चमेलियाको उद्घाटन

समयपोष्ट २०८० साउन ८ गते १७:४५

Advertisement

दार्चुला र बैतडीको सीमा भएर बग्ने चमेलिया नदीमा ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत् आयोजनाको आज उद्घाटन गरिएको छ ।

गत शुक्रबार परीक्षण गरिएको अपर चमेलियाको दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशी, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक तर्कराज पाण्डे र मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामीले संयुक्तरूपमा उद्घाटन गर्नुभएको हो ।

उत्पादित विद्युत्लाई शैल्यशिखर नगरपालिका–१ बलाचस्थित सवस्टेशनमार्फत राष्ट्रिय प्रसारणमा जोडिएको कम्पनीका प्रबन्ध निर्देशक सञ्जीव न्यौपानेले बताउनुभयो । उहाँका अनुसार रु आठ अर्ब ५० करोड लागतमा ३० महिनामा आयोजना सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री