शनिबार, २२ वैशाख २०८१

२५औं एसियन यथलेटिकस् च्याम्पियनसिपमा सहभागि खेलाडीहरुलाई शिवम् सिमेन्ट लिमिटेडको प्रायोजन

समयपोष्ट २०८० असार २५ गते १७:४९

Advertisement

यहि असार २७ गते देखि श्रावण १ गतेसम्म थाईल्याण्डको पटैयामा संचालन हुन लागको २५ औं एसियन यथलेटिकस् च्याम्पियनसिपमा सहभागि खेलाडीहरुलाई शिवम् सिमेन्ट लिमिटेडले प्रायोजन गरेको छ । यस अघि पनि शिवम् सिमेन्ट लिमिटेडले राष्ट्रिय तथा अन्तराष्ट्रिय विभिन्न खेलहरुमा (क्रिकेट, भलिवल, फुटबल, म्याराथुन) प्रायोजको रुपमा सहभागि भै सकेको छ ।

एसियन यथलेटिकस् च्याम्पियनसिपमा को २५ औं संस्करणको लागि नेपालबाट विभिन्न विधाहरुमा सहभागि जनाउनको लागि आयुष कुँवर, शिवराज पारकी, फुलमती राना, राजपुरा पच्ची, मुकेश बहादुर पल, सोम बहादुर कुमाल र दिपक अधिकारी गरी ७ जना खेलाडीले सहभागि जनाउने भएका छन् । उत्त यथलेटिक्समा सहभागि खेलाडीहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेल च्याम्पियनसिपहरुमा विभिन्न पदकहरु हाँसिल गरि सकेका छन ।

एसियन यथलेटिकस् एसोशियशनले हरेक २ वर्षमा आयोजना गर्ने एसियन यथलेटिकस् च्याम्पियनसिप अघिल्लो पटक चिनमा हुने गेम भने कोभिड–१९ को कारण रद्द भएको थियो । उक्त खेलमा एसियाका विभिन्न ३७ देशहरुबाट खेलाडीहरुले सहभागी जनाउने छन ।

सहभागि खेलाडी मध्ये आयुष कुँवर र शिवराज पारकी जसले एसियन यथलेटिकस् मा १०० मिटर र २०० मिटर दुरीको दौडमा सहभागि हुनेछन, जसमा आयुष कुवर २०१८ नेशनल गेम गोल्ड मेडलिस्ट हुन भने शिवराज पारकी हालैको नेशनल च्याम्यानशीप हन । ए.पि.एफ क्लवकी फुलमती राना ८०० देखि १५०० मिटर दुरीको दौड, राजपुरा पच्ची ५००० मि., सोमबमादुर कुमाल ४०० मिटर देखि ८०० मिटर र दिपक अधिकार १०,००० मिटर दौडमा सहभागि हुने छन् । दिपक अधिकारी एसियन क्रस कन्ट्रिका च्याम्पियनशीप हुन ।

Advertisement

काठमाडौंमा भएको एक कार्यक्रमका विच नेपाल एथलेटिक्स एसोसियशनका तार्फबाट सचिव आर.क. विष्ट र शिवम् सिमेन्टको तर्फबाट सेल्स एण्ड मार्केटिङका भि.पि. निखिल अग्रवालले सम्झौतामा हस्ताक्षर गरिएको थियो । “शिवम् सिमेन्ट आफैमा हाई स्ट्रेन्थ कायम राख्ने ओ.पि.सि. सिमेन्ट हो । हामीले हाम्रो स्ट्रेन्थलाई अन्तराष्ट्रिय म्याराथन हाई स्ट्रेन्थको खेलसंग समन्वय गर्न पाउदा खेलकुद क्षेत्र र हामीलाई थप हौसला मिलेको छ” शिवम् सिमेन्टका सेल्स एण्ड मार्केटिङका भि.पि अग्रवालले भने।

ओ.पि.सि सिमेन्ट मात्र उत्पादन गर्दै आईरहेको शिवम् सिमेन्टले स्थापनाकालदेखि नै आफ्नै चुनढुङ्गा खानीबाट उत्खनन् गरिएको उच्चकोटीको चुनढुङ्गाबाट गुणस्तरीय ओ.पि.सि. सिमेन्ट मात्र उत्पादन तथा विक्रि वितरण गर्दै आइरहेको छ । उत्पादन समयदेखि नै निरन्तर गुणस्तरीय सिमेन्ट उत्पादन तथा विक्रि वितरण गर्दै आईरहेको शिवम् आफ्नो गुणस्तरीय उत्पादनकै कारण नेपाली सिमेन्ट जगतमै पहिलो पटक नेपाल नापतौल तथा गुणस्तर विभागबाट एन.एस. क्वालिटी अवार्ड–२०१९ (NS Quality Award-2019) प्रथमबाट पुरस्कृत भएको थियो । शिवम् सिमेन्ट यसमा भएको गुणस्तरकै कारण लाखौं ग्राहकहरूको पहिलो रोजाइमा पर्दै आइरहेको छ । व्यक्तिगत, व्यवसायिक तथा राष्ट्रिय गौरवका विभिन्न ठुला–ठुला आयोजनाहरुका अनेकौं संरचना निर्माणमा समेत शिवम् सिमेन्टले विगत लामो समय देखि महत्वपूर्ण भुमिका प्रस्तुत गर्दै आइरहेको छ ।

नेपालकै एक मात्र असली ओ.पि.सि. सिमेन्टको उपनामबाट समेत परिचित शिवम् सिमेन्टलाई ग्राहकहरूले दिनुभएको साथ अनि उहाँहरूले गर्नुभएको विश्वास र भरोसाले गर्दा नै आज सर्वाधिक बिक्री हुने ओ.पि.सि. सिमेन्टको सुचीमा अग्रस्थान हासिल गर्न सफल भएको कम्पनीले जनाएको छ । यस सफलताको सम्पूर्ण श्रेय ग्राहकवर्ग एवम् वितरकहरूलाई प्रदान गर्दै गुणस्तरद्वारा जोडिएको आपसी अटुट सम्बन्धलाई अझै प्रगाढ अनि विस्तार गर्दै आगामी दिनमा निरन्तर गुणस्तरीय उत्पादन र विक्रि मार्फत यस सम्बन्धलाई थप उचाई तर्फ लैजाने प्रतिबद्धता समेत कम्पनीले जनाएको छ ।

“भरोसा अटुट सम्बन्धको”, “क्वालिटीको मामलामा नो कम्प्रमाइज, “गुणस्तरको पहिचान हो शिवम्” तथा “गुणस्तरमा कहिल्यै सम्झौता नगरौँ” जस्ता मुल नाराका साथ अगाडि बढिरहेको शिवम् सिमेन्ट्स लिमिटेडले आफ्नो गुणस्तरीय उत्पादन तथा बिक्री वितरण र बिक्री पछिको प्राविधिक सेवाको कारणले पहिलो स्थानमा रहन सफल भएको छ ।

नेपालको केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी युक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । उच्च गुणस्तर, निःशुल्क प्राविधिक सेवा समेतका कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकहरुद्वारा अत्याधिक रुचाइएको तथा विश्वास गरिएको असली ओ.पि.सि. सिमेन्ट बन्न सफल भएको हो ।
नेपाल गुणस्तर चिन्ह ५७२, ४९ तथा BIS (ISI), URS प्रमाणित ISO Certificates प्राप्त शिवम् सिमेन्टले देशको भौतिक विकास निर्माणमा विभिन्न असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिदैँ आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री