बिहीबार, ३ जेठ २०८१

कोशी कोरिडोर २२० के.भी. प्रसारण लाइनमा विद्युत प्रवाह गर्ने तयारी

समयपोष्ट २०७९ साउन १५ गते १३:२५

Advertisement

कोशी कोरिडोर २२० के.भी. प्रसारण लाइनमा विद्युत प्रवाह गर्ने तयारी गरिएको छ ।

नेपाल विद्युत प्राधिकरणका अनुसार उक्त प्रसारण लाइन आयोजना अन्तर्गत सङ्खुवासभा जिल्लाको तुम्लिङटार सबस्टेसनदेखि सोही जिल्लाको बानेश्वर सबस्टेसन र टुटे देउराली (बसन्तपुर तेहथुम) सबस्टेसन हुँदै सुनसरी जिल्लाको इनरुवा (भोक्राहा) सबस्टेसन सम्म १०६ कि.मि. लम्बाइ रहेको २२० के.भी. प्रसारण लाइनमा साउन १६ गतेदेखि कुनै पनि समय २२० के.भी. मा निरन्तर विद्युत प्रवाह हुन सक्नेछ ।

प्राधिकरणले उक्त प्रसारण लाइन रहेको जिल्लाका स्थानीयलाई प्रसारण लाइनको तार तथा टावरहरूमा नछुन, टावरहरूमा नचढ्न, प्रसारण लाइनका टावर वरिपरि कोही कसैबाट घाँस दाउरा सङ्कलन कार्य नगर्न, पशु चौपाया चराउने जस्ता कार्य नगर्न तथा प्रसारण लाइनको मार्गधिकार अर्थात् राइट अफ वे भित्रका घर टहरा, रुख बिरुवा हटाइदिन र विशेष सतर्कता अपनाउन सर्वसाधारण सबैलाई सूचित गरेको छ।

यदि अटेर गरी बन्देज गरिएका क्रियाकलापहरू गरेको कारण कुनै विद्युतीय दुर्घटना भई हुनसक्ने कुनै पनि जनधनको क्षतिको जिम्मेवार नेपाल विद्युत प्राधिकरण नभई सम्बन्धित पक्ष नै हुने प्राधिकरणले चेतावनी दिएको छ।

Advertisement

उक्त प्रसारण लाइनले संखुवासभाको खांदबारी नगरपालिका, पांचखापन नगरपालिका, चैनपुर नगरपालिका र धर्मदेवी नगरपालिका छुन्छ। त्यस्तै तेह्रथुमको लालीगुराँस नगरपालिका, तथा धनकुटाको महालक्ष्मी नगरपालिका, छथर जोरपाटी गाउँपालिका, धनकुटा नगरपालिका, र सागुरीगढी नगरपालिका छुन्छ। त्यस्तै सुनसरीको धरान उप महानरपालिका., बराहा नगरपालिका, रामधुनी नगरपालिका, इनरुवा नगरपालिका. र भोक्राहा गाउँपालिका. छुन्छ ।

प्राधिकरणले यी ठाउँका स्थानीयलाई प्रसारण लाइनको तार तथा टावरहरूमा नछुन, टावरहरूमा नचढ्न , प्रसारण लाइनका टावर वरिपरि कोही कसैबाट घाँस दाउरा सङ्कलन कार्य नगर्न, पशु चौपाया चराउने जस्ता कार्य नगर्न तथा प्रसारण लाइनको मार्गधिकार अर्थात् राइट अफ वे भित्रका घर टहरा, रुख बिरुवा हटाइदिन र विशेष सतर्कता अपनाउन सर्वसाधारण सबैलाई सूचित गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री