बुधबार, ५ कार्तिक २०८२

आजबाट काठमाडौँमा भेरोसेल खोप अभियान, कुन उमेर समुहकालाई लगाईन्छ ?

समयपोष्ट २०७८ साउन १४ गते ७:५९

Advertisement

आजबाट काठमाडौँमा भेरोसेल खोपको पहिलो मात्राको खोप कार्यक्रम सञ्चालन हूँने भएको छ ।

काठमाडौं जिल्ला खोप समन्वय तथा अनुगमन समितिले बुधबार कोभिड १९ विरुद्धको खोप अभियानअन्तर्गत साउन १४ देखि १८ गतेसम्म काठमाडौं जिल्लामा खोप कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।

५० वर्ष वा सोभन्दा माथि उमेर समूहका व्यक्तिहरुको हकमा काठमाडौं महानगरपालिकाको ३२ वटै वडा र अन्य १० वटा नगरपालिकाले सम्भव भएसम्म नजिकको स्वास्थ्य संस्थामा खोप केन्द्र राख्ने गरी खोप कार्यक्रम सञ्चालन हुने भएको छ ।

यस्तै अत्यावश्यक सेवाका व्यक्तिहरुको हकमा भने सामाखुशीस्थित राधास्वामी आइशोलेसन सेन्टर, वीर अस्पताल, नयाँ बानेश्वरस्थित निजामती अस्पताल, महाराजगञ्जस्थित टिचिङ अस्पताल, टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा खोप कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।

Advertisement

फरक क्षमताका व्यक्तिहरुले पहिलो मात्राको भेरोसेल खोप लगाउने सम्बन्धमा खोप कार्यक्रम सञ्चालन हुने समयमा नजिकका खोप केन्द्र वा पायक पर्ने स्थानमा गई खोप लगाउन सक्ने छन् ।

यसैगरी खोप केन्द्रहरुको सुरक्षा व्यवस्था नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले संयुक्त रुपमा प्रबन्ध मिलाउने तथा भिड नियन्त्रण गर्ने निर्णय समेत आज बैठकले गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री