शुक्रबार, ७ वैशाख २०८१

जोन्सन एन्ड जोन्सन खोप लगाएपछि बृद्धको मृत्यु, पोष्टमाटम रिपोर्टसहित अध्ययन हुँदै

समयपोष्ट २०७८ साउन १० गते १८:१९

Advertisement

अमेरिकी कम्पनी जोन्सन एन्ड जोन्सन खोप लगाएपछि मृत्यु भएको भनिएका बृद्धको पोष्टमार्टम रिपोर्ट सहित खोप विज्ञ समूहले अध्ययन सुरु गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गएको शुक्रबार धादिङको नीलकण्ठ नगरपालिका ६ का ७८ वर्षीय वृद्धको मृत्यु भएको थियो ।

सुनौला बजार स्वास्थ्य केन्द्रमा खोप लगाएको झण्डै पौने तीन घण्टापछि उनको मृत्यु भएको बतार्ईको छ । आधा घण्टा आराम गरेर घरमा गएपछि बेहोस भएका उनलाई थप उपचारका लागि जिल्ला अस्पताल धादिङ पुर्याएपछि उपचारका क्रममा २ः१५ बजे मृत्यु भएको थियो । वृद्ध क्रोनिक डाइबेटिजका बिरामी थिए । उनको खोप लगाएकै कारण वा अन्य कारणले मृत्यु भएको हो भन्ने अझै खुलेको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री