मंगलबार, ६ चैत २०८०

प्रियंकापछि मानुषीले गर्भावस्थाको तस्विर सेयर गर्दै भनिन्-हेर्नु मेरो सुन्दर कार्य

समयपोष्ट २०७८ साउन ८ गते १४:०३

Advertisement

अभिनेत्री प्रियंका कार्कीको गर्भावस्थाको तस्विर सार्वजनिक गरेपछि यसको पक्ष र विपक्षमा बहस जारी छ । सोही तस्विरमा जनता समाजवादी पार्टीका नेता एवं पूर्ण प्रधानमन्त्री बाबुराम भट्टराईले कार्कीको समर्थन गरेपछि झन् सो विषयले चर्चा पाएको छ । यसैबिच बाबुराम पुत्री मानुषी यमि भट्टराईले पनि आफ्नो गर्भावस्थाको तस्विर सार्वजनिक गरेर प्रियंकाको बचाउ गरेकी छिन् ।

उनले सामाजिक संजाल ट्वीटरमार्फत आफ्ना पुराना तस्वीर सार्वजनिक गरेकी हुन् ।

‘एक गर्भवतीले गर्वका साथ पेटको फोटो सार्वजनिक गर्दा किन टाउको दुख्यो ?’ आफ्नो ट्वीटमा उनले भेनेकी छन्, ‘बच्चा पाउने कार्यलाई नै जूठो, अपवित्र मान्ने हाम्रो समाजमा किन नमनाउने यसरी खुशियाली ? एक प्रकारको बागी कार्य किन नमान्ने ?’

उनले आफ्नो ट्वीटमा कम्युनिस्ट कार्यकर्तालाई पनि प्रहार गरेकी छिन् । ‘नेपाली कणहरू सारै रूढीवादी !’ ट्वीटरमा भनेकी छन्, ‘मेरो सुन्दर कार्य हेर्नु अब ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री