शुक्रबार, २१ वैशाख २०८१

१५औं वर्षमा सिटी एक्सप्रेस, बम्पर उपहार बिजेतालाई १० लाख हस्तान्तरण

समयपोष्ट २०७८ असार २७ गते १७:५२

Advertisement

सिटी एक्सप्रेस मनी ट्रान्सफरले १४ वसन्त पार गरी १५ औं बर्षमा प्रवेश गरेको छ ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले “सकरात्मक र सबल हुँदै” भन्ने मुल नाराका साथ १५औं बार्षिकोत्सव अहिलेको बिषम परिस्थितीलाई मध्य नजर गर्दै आफ्नै कार्यालय सिटी एक्स्प्रेस कम्प्लेक्स , कमलादीमा शनिबार सानो समारोह बिच सम्पन्न गरेको छ ।

उक्त समारोहमा “न एती न उति सिधै लखपति” योजनाको बिजेता साउदीमा कार्यरत जागेश्वर भुसकुलिया यादवकी धर्मपत्नी फुलमती कुमारीलाई रु १०,००,००० को चेक हस्तान्तरण गरेको छ । साथै कार्यालयको आन्तरिक छनोट प्रक्रियाबाट यस आर्थिक बर्षमा उल्लेखनिय कार्य गरे बापत विभिन्न विभाग र तहका ३ उत्कृष्ट कर्मचारीहरुलाई पनि सम्मान गरेको छ ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १४ वर्ष देखि संसार भरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १२,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री