शुक्रबार, २१ वैशाख २०८१

डिशहोम फाइबर नेट सेवा नेपालका प्रमुख शहरहरुमा विस्तार

समयपोष्ट २०७८ असार २२ गते १९:५२

Advertisement

डिशहोम फाइबर नेट सेवा देशका प्रमुख शहरहरुमा विस्तार भएको छ । डिशहोम फाइबरनेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभव सहित, डिशहोमका ग्राहकहरुका लागि डिशहोम टीभीको निःशुल्क सदस्यता, आकर्षक छुटहरु, निःशुल्क डिशहोम गो एप र एक्सभोड जस्ता विभिन्न सुविधाहरु उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

फाइबरनेटका योजनाहरु १० एमबीपीएस देखि १०० एमबीपीएस सम्म उपलब्ध छन् । काठमाडौं, भक्तपुर, ललितपुर, हेटौडा, इनरुवार इटहरीमायस अघि नै डिशहोम फाइबरनेटको सेवा पुगिसकेको छ । समग्र नेपालमा पुग्ने लक्ष्य लिएको डिशहोम फाइबरनेट हालमा बर्दिवास, बुटवल, ढल्केबर र शंखमुल पुगेको छ र छिटै नेपालका प्रमुख शहर पोखरा, नेपालगञ्ज, धनगढी, विर्तामोड, जनकपूर, विरगंज लगायत अन्य स्थानमा पनि पुग्ने कम्पनीले जनाएको छ ।

उच्चगतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरि आफ्ना डीटीएच प्रयोगकर्ताहरुको माग पूरा गर्न सन् २०२०मा डिशहोमले फाइबरनेट सुरु गरेको हो ।

डिशहोमको फाइबरनेट प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवाप्रदान गर्न प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री