शुक्रबार, २१ वैशाख २०८१

स्मार्टडोको ‘स्मार्टडोको मनसुन अफर’, कार्ड प्रयोगकर्ताका लागि १५ प्रतिशत क्यास ब्याक

समयपोष्ट २०७८ असार २२ गते १५:५४

Advertisement

स्मार्टडोकोको प्राप्तिपछि नेपालको नम्बर वान अनलाइन मेगास्टोर बन्न सफल स्मार्टडोकोले ‘स्मार्टडोको मनसुन अफर’ ल्याउने भएको छ ।

यो अफर अन्तर्गत ग्राहकहरुले हरेक दिन एउटा सामसुङ घडी जित्ने मौका पाउनेछन्, यसका लागि १५ सयभन्दा बढीको सामान खरिद गर्नुपर्नेछ । कम्पनीले हिमालयन बैंकका प्रि–पेड र क्रेडिट कार्ड प्रयोगकर्ताका लागि १५ प्रतिशत क्यास ब्याकको (रु पाँच सयसम्म) अफर समेत ल्याएको छ ।

स्मार्टडोकोले मनसुन र समरका सामग्रीहरु तथा इलेक्ट्रिोनिक्स, बेबी प्रडक्ट, किचनवेयर र अन्य कैयौं सामानमा ७३ प्रतिशतसम्म छु्ट अफर ल्याएको छ । स्मार्टडोकोले सासमुङ, भिडियोकोन, हाइसेन्स, डा. ब्राउन, क्रेन, बीबीलुभ, सीजीजस्ता ब्राण्डहरुमा आकर्षक अफर समेत ल्याएको छ । ग्राहकले विभिन्न प्रकारको क्याटेगोरी र सब–क्याटेगोरीमा १० हजार भन्दा बढी प्रडक्टहरु खरिद गर्न सक्नेछन् । जहाँ ग्राहकले सजिलैसँग बेबी केयर इलेक्ट्रिोनिक्स फूड र ग्रोसरी, कोभिड अत्यावश्यक सामग्री, स्वास्थ्य र सुन्दरता, होम एण्ड लिभिङ र अन्य प्रडक्टहरु सजिलै किन्न सक्नेछन् ।

स्मार्टडोकोका ग्राहकले शीघ्र र निःशुल्क डेलिभरी चक्रपथभित्र (न्यूनतम २५० रुपैयाँको खरिदमा) र चक्रपथबाहिर र काठमाडौं उपत्यकाबाहिर न्यून डेलिभरी शुल्कमा सामान प्राप्त गर्न सक्नेछन् । यो अफर २०७८ असार २२ गते देखि २०७८ असार २६ गते सम्म मान्य हुनेछ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री