शुक्रबार, २१ वैशाख २०८१

टि सि यल ब्राण्डका वासिङ मेसिन बजारमा, १० वर्षको मोटर वारेण्टी, ५ वर्षको पिसिबि वारेण्टी

समयपोष्ट २०७८ असार २२ गते १५:४४

Advertisement

टि सि यलले हालसालै नयाँ मोडलका वासिङ्ग मेशिनहरु बजारमा ल्याएको छ ।

विशेषतः फ्रन्ट लोडिङ्ग मोडलमा उपलब्ध टि सि यलका वासिङ्ग मेशिनका नयाँ मोडलमा स्मार्ट विशेषताहरु पनि रहेका छन् । फ्रन्ट लोडिङ्ग वासिङ्ग मेशिनमा अधिक–हाई तापक्रममा स्टेरलाईज गर्ने र कम पानीमै धेरै लुगा धुन मिल्ने क्षमता रहेको छ ।

त्यस्तै, न्यूनतम २० डिग्री सेन्टिग्रेट तापक्रममा १५ मिनेटको अवधिभित्रै लुगा धुन मिल्ने यस वासिङ्ग मेशिनमा लुगा घट्ने वा खुम्चिने समस्या पनि नआउने बताईएको छ ।

बि एल डि सी मोटर जडित, यस वासिङ मेसिनमा १० वर्षको मोटर वारेण्टी र ५ वर्षको पि सि बि वारेण्टी रहेको छ । पी सिरिज मोडलमा उपलब्ध टि सि यलका वासिङ्ग मेशिनहरु ८ केजी र १० केजी का मोडलहरुमा उपलब्ध छन् । १४०० आर पि एम ड्रम मा रेड लाइट युक्त,रेड टच २४ आवर डिले,१६ वास्च प्रोग्राम, जस्तो विशेषता रहेको छ । बि एल डि सी इनभर्टर मोटर जडान रहेको यस वासिङ मेसिन अझ बढी शक्तिशाली,बलियो र कम ध्वनी मा काम गर्ने क्षमता राख्दछ । कार्य क्षमता उच्च रहेको यसले विद्युत खपत कम गर्छ ।

Advertisement

यस टि सि यल ब्रान्डलाई चौधरी ग्रुप अन्तर्गत रहेको सिजी ईलेक्ट्रोनिक्सको ईओएल प्रा. लि. ले नेपाली बजारमा बिक्री वितरण गर्दै आईरहेको छ ।

टि सि यल ब्राण्ड लाई ईलेक्ट्रोनिक्स तथा होम एप्लाएन्सका लागि विश्वकै टप २ ब्रान्ड मानिन्छ । टि सि यल टि. भी., एयर कन्डिशनर तथा वासिङ्ग मेशिनका लागि निकै प्रचलित र रुचाईएको नाम हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री