
भाटभटेनी सुपरमार्केटको सामान रहेको कन्टेनर चितवनमा दुर्घटना भएको छ ।
बिहीबार बिहान विराटनगरबाट काठमाडौँतर्फ आउँदै गरेको ना ३ ख ८९८७ नम्बरको कन्टेनर इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकबाट त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार ना ३ ख ८९८७ नम्बरको कन्टेनर र काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ५६८७ नम्बरको ट्रक एकापसमा सो स्थानमा ठक्कर खाँदा कन्टेनर त्रिशूलीमा खसेको हो । ट्रकका चालक भने सामान्य घाइते भएका छन्। प्रहरीका अनुसार उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ।









प्रतिक्रिया