बिहीबार, १३ वैशाख २०८१

सन्राइज बैंकले ८.९५% ब्याजदरमा घर कर्जा र ९.९५% ब्याजदरमा शेयर धितो कर्जा दिने

समयपोष्ट २०७७ साउन ११ गते १९:५६

Advertisement

सन्राइज बैंकले सहज तथा सरल किस्ताबन्दीमा घर निर्माण, घर तथा जग्गा खरिद र शेयरको धितोमा कर्जा दिने दिने भएको छ ।

आफ्ना ग्राहकहरुलाई आकर्षक व्याजदरमा कर्जा प्रवाह गर्ने योजना सहित बैंकले सन्राइज घर कर्जा अन्तर्गत सेवाग्राहीले ४० वर्षसम्मको अवधिका लागि ८.९५% व्याजदरमा घर जग्गा कर्जा लिन
पाउनेछन्। यसै गरी बैंकले शेयर धितो कर्जामा ९.९५% ब्याजदरमा कर्जा प्रवाह गर्ने जनाएको छ ।

कोभिड १९ ले अर्थव्यवस्थामा परिरहेको असहज परिस्थितिका बावजुत पनि कर्जा सुबिधालाई सहजीकरण गर्ने उद्देश्यलेबैंकले यो योजना ल्याएको हो । कर्जा लिन चाहने ग्राहकहरुले विना झन्झट छिटो छरितो कर्जा प्राप्त गर्न सक्नेछन् । ग्राहक
हरुले देशका १३४ स्थानमा फैलिएको सन्राइज बैंकका शाखाहरुबाट यो सुविधा उपभोग गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री