शुक्रबार, ९ साउन २०८२

भने जस्तो ग्रेड नआएपछि चन्द्रागिरीमा किशोरीले गरिन् आत्महत्या

समयपोष्ट २०७६ असार १४ गते २१:४१

चन्द्रागिरी नगरपालिका–१२ बलम्वु दुरसञ्चार नजिकै एक किशोरीले झुण्डिएर आत्महत्या गरेकी छिन् ।

अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका –७ घर भई चन्द्रागिरी १२ बलम्वु दुरसञ्चार श्री बलम्बु माविबाट यस वर्ष एसईई परिक्षा दिएकी सदीक्षा पौडेलले एसईईमा ‘ए प्लस’ नतिजा नआएको भन्दै शनिबार दिउँसो आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

पौडेलको एसईईमा ३.६ जिपीए आएको थियो । सदीक्षाको शव शिक्षण अस्पताल महाराजगञ्ज पोस्टमार्टमको लागि पठाइएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री