बुधबार, २ जेठ २०८१

नम्रताको फेरी आयो यस्तो भिडियो

समयपोष्ट २०७६ असार १३ गते १३:४५

Advertisement

भदौ ६ बाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘जाईरा’ को रोमान्टिक गीत सार्वजनिक गरिएको छ । सार्वजनिक प्रेमिल गीतमा लिड अभिनेता अनुपबिक्रम शाही र अभिनेत्री नम्रता श्रेष्ठ फिचर्ड छन् ।

गीतको अन्तिम दृश्यमा अनुपले नम्रताको ओठ चुमेका छन् । अनुपको अगांलोमा नम्रता बोल्ड देखिएकी छिन् । गीतमा कोरियोग्राफी गोविन्द राईको छ । सार्वजनिक ‘आँखैले बोल्छ’ बोलको गीतमा सन्तोष लामाको स्वर छ भने रवि मल्लको शब्दमा संगीत कल्या सिंहको दिएका छन् । गीतको एरेञ्ज गोपाल रसाईलीले गरेका हुन् ।

अभिनेत्री नम्रता श्रेष्ठ आफैले निर्माण गरेको चलचित्र अशुतोष राज श्रेष्ठको निर्देशनमा बनेको हो, जहाँ नम्रता र अनुपसँगै प्रमोद अग्रहरी, सिर्जना रेग्मी, रेमनदास श्रेष्ठ, सुजता श्रेष्ठ, सम्राट मगर लिड अभिनयमा छन् ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री