बिहीबार, ३ जेठ २०८१

यस्तो अवस्थामा भेटिए श्रृष्टी र अनमोल

समयपोष्ट २०७६ असार १३ गते १०:४४

Advertisement

नायक अनमोल केसी र ‘मिस नेपाल’को उपाधि जितिसकेकी अभिनेत्री श्रृष्टी श्रेष्ठका केही रोचक तस्वीर बाहिर आएका छन् । वाउ म्याग्जिनले गरेको फोटोसूटबाट यस्ता तस्वीर आएका हुन् ।

‘मिस नेपाल’को उपाधि जितिसकेपछि धेरैले नायिका श्रृष्टी श्रेष्ठको सुन्दरताको चर्चा गर्ने गर्दछन् । श्रृष्टीको बोल्ड अवतारको सँधै चर्चा हुने गर्दछ । मिस नेपाल भएपछि उनका टू पिस तस्बिरहरु सामाजिक संजाल र मिडियामा खुबै भाइरल छन् । केहि भिडियोमापनि श्रृष्टीले आफ्नो बोल्ड अवतार प्रस्तुत गरिसकेकी छिन् । उनले हिन्दी फिल्म ज्याकपटको गीत कबी जो बादल वर्षे गीतमा आफ्नो सबै बोल्ड उतारेकी छिन् । त्यसपछि उनलाई नेपाली चलचित्रमापनि त्यति नै बोल्ड देख्न दर्शक आतुर थिए ।

टीसिरिजले आफ्नो यूट्युब च्यानलमा राखेको गीत अरिजित सिंह र सोनुको स्वर रहेको गीतमा श्रृष्टि ज्याकपट हिरो सचिन जोशीसँगै देखिदा खुबै बोल्ड छिन् । श्रृष्टीको यस्तो अवतार हेरेका धेरै दर्शकलाई उनको बोल्ड छवि नेपाली चलचित्रमा पनि देखिने आशा थियो । तर, श्रृष्टीले चलचित्रको पर्दामा भने आफूलाई सफ्ट रुपमा उतारेकी छिन् । पहिलो चलचित्र ‘गाजलु’मा त उनी ‘कुमारी’को भूमिकामा देखिइन् । जसमा, उनको बोल्ड अवतार हुने कुरै भएन । यो चलचित्रमा सोझी यूवतीको भूमिकामा देखिएकी श्रृष्टीले यसपछि केहि चलचित्रमा अभिनय गरिसकेकी छिन् ।

Advertisement

‘लाउरे, रोमियो एन्ड मुना’मा काम गरिसकेकी श्रृष्टी अहिले ‘बाँध मायाले’मा काम गरिरहेकी छिन् । ‘बाँध मायाले’मा पनि उनी निकै सफ्ट छिन् ।

‘रोमियो एन्ड मुना’मा पनि उनी एक गाउँले यूवतीको भूमिकामा देखिएकी छिन् । बोल्ड श्रृष्टीलाई निर्देशकले किन सफ्ट भूमिकामा प्रस्तुत गरिरहेका छन् यो उनीहरुले नै जान्ने कुरा हो । कतै, श्रृष्टीले चलचित्रको पर्दामा आफ्नो बोल्ड अवतार प्रस्तुत गर्न नचाहेकी हुन् हैनन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री