बिहीबार, ३ जेठ २०८१

हेर्नुहोस् पचास हजार स्क्वेयर फिटमा बनेको ईशा–आनन्दको सुविधासम्पन्न बंगलो

समयपोष्ट २०७६ असार ११ गते १२:१२

Advertisement

भारतका धनाढ्य नितेश अम्बानीका छोरी ज्वाई ईशा अम्बानी र आनन्द पिरामिल सुविधा सम्पन्न नयाँ घरमा सिफ्ट भएका छन् । आनन्दका बुवा आमाले उपहार स्वरुप दिएको उक्त घर गुलिटामा ५० हजार स्क्वावेयर फिटमा बनेको छ ।

यो घरको मूल्य ४५० करोड भारु बताइएको छ ।पाँच तल्ले उक्त भवनमा उच्च छत भएको विशाल हल, स्विमिङ पुल लगायत विभिन्न सुविधा छन् ।

Advertisement

भवनको भुइँ तल्लामा इन्ट्रान्स लबी छ, यसका साथै पहिलो तल्लामा डाइनिङ हल, मास्टर बेडरुमलगायत विभिन्न कुरा छन् । ईशा र आनन्दको नयाँ घरबाट अरब सागरका निकै रोचक दृश्य देख्न सकिन्छ ।

डायमण्ड थिममा आधारित बंगलामा निकै विशेष डायमण्ड रुम बनाइएको छ । उक्त भवनमा पुजा कोठा, तीन तल्लाको बेसमेन्ट पार्किङ र विभिन्न सुविधा छन् । लाउन्ज एरिया र ड्रेसिङ रुमका साथै सहयोगीका भिन्न क्वार्टर हरेक तल्लामा उपलब्ध छन् ।

ईशा र आनन्द गत वर्ष डिसेम्बर १२ मा विवाह बन्धनमा बाँधिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री