सोमबार, १७ वैशाख २०८१

यौन असन्तुष्टि कै कारण सम्बन्ध–विच्छेद हुनबाट यसरी बच्नुहोस् , युवतीको सेक्स डिजायर बढाउने यस्ता उपाय

समयपोष्ट २०७६ असार ७ गते ९:५१

Beautiful woman sleeping in bed

यदि आफूमा सेक्स डिजायर उत्पन्न भएन भने के गर्नुहुन्छ ? यस्तो स्थितिमा आफ्नो पार्टनर त निराश हुन्छ नै, त्यसका साथै आफैंमा पनि हीनतावोध उत्पन्न हुनसक्छ । अझ लामो समय सेक्स डिजायर जागेन भने आपसी सम्बन्धमै दरार सिर्जना हुन सक्छ । त्यस्तै पार्टनरमा सेक्स डिजायर फिटिक्कै उत्पन्न भएन भने के गर्र्ने ? अन्तै जाने वा निराश भएर बस्ने ? यो गम्भीर कुरा हो ।

Advertisement

पार्टनरमध्ये कुनै एकमा अधिक सेक्स डिजायर हुनु र अर्काेमा फिटिक्कै नभएको अवस्था सिर्जना भयो भने सम्बन्ध कस्तो होला ? अझ लामो समयसम्म यस्तो अवस्था कायम रह्यो भने त सम्बन्धमै तुषारापात हुनसक्छ । एक अध्ययनले सेक्स डिजायर नभएकै कारण अमेरिकामा ४ लाखभन्दा बढी नागरिकले वर्षमा १० पटकभन्दा कम सेक्स गरेको पाइयो । नेपालमा बढ्दो सम्बन्ध–विच्छेदको एउटा ठूलो कारक बनिरहेको यौन असन्तुष्टि पनि यसकै रूप हो ।

एक्लोपनबाट टाढा

एक अध्ययनअनुसार एक्लोपनका कारण अधिकांशमा सेक्स डिजायरभन्दा पनि नैराश्यता छाउ“छ । त्यस कारण सकभर पार्टनरस“ग सधैं स“गै बसे केही हदसम्म सेक्स डिजायर बढ्न सक्छ । विविध कारणले एक्लो बस्न बाध्य भएकाहरूको सेक्स डिजायर सुरुमा बढे पनि बिस्तारै घट्दै जाने अध्ययनले देखाएको छ । त्यसैले बाध्यतावशः एक्लो बस्नुपरे पनि नियमित सम्पर्कमा रहने प्रयास गर्नुपर्छ । एक अध्ययन प्रतिवेदनअनुसार लामो समय बाहिर बस्नुपर्दा पार्टनरस“ग इन्टरनेट वा फोन सेक्स पनि गर्न सकिन्छ ।

अधिक व्यस्तता

अधिक व्यस्तताका कारण पनि सेक्स डिजायरमा कमी आउन सक्छ । बढी व्यस्तताले शारीरिक मात्र होइन, यौनजीवनमा पनि असर पु¥याउछ । अत्यधिक व्यस्तताले थकान निम्त्याउछ जसले सेक्स जीवनमा प्रभाव पार्छ । थकाइ लागेका बखत मनतातो पानी, मन पर्ने खानेकुरा लिएर पार्टनरसगै शान्त कोठामा बसेर प्रेमपूर्ण वार्तालाप गर्दा डिजायर बढने विभिन्न अध्ययनले देखाएका छन् ।

सेक्सी बेड

अचेल बेडलाई पनि विभिन्न कोणबाट आकर्षक बनाउने चलन छ । श्रीमान्÷श्रीमती सुत्ने बेडलाई सकभर सेक्सी बनाउने फेसन छ । यसले पनि सेक्स डिजायर बढाउन मद्दत गर्छ । विभिन्न सामान थुपारेर बेडलाई गज्याङगुजुङ पार्नु हुदैन । यसो गर्दा दम्पतीमा नैराश्यता र अल्छीपन छाउन सक्छ । बेडलाई सकभर दुवैको चाहना अनुसार आकर्षक बनाउनुपर्छ । बेड नजिकै ल्यापटप, कम्प्युटर, पेपरजस्ता कुरा राख्नु हुदैन। व्यस्तता र समयको सदुपयोग गर्ने धुनमा बेडमै बसेर काम गर्ने चलन पनि बढेको छ, वास्तवमा यो राम्रो होइन । बेडमा पार्टनरसग रोमान्सका लागि आवश्यक सामग्रीहरू सुरक्षित राख्नुपर्छ । बेडमा सामान थुपार्नु हुदैन । हेर्दै चिटिक्क, आकर्षक, सफा र लुटुपुटु गरौं जस्तो बेड बनाउनुपर्छ । यसले पनि सेक्स डिजायर बढाउन सक्छ ।

सेक्स टुल्स

Sexy girl wallpaper

दुवै जना सेक्सका लागि आतुर छन्, तर साथमा कन्डमलगायत आवश्यक सामग्री छैनन् भने कस्तो महसुस हुन्छ ? गर्भ निरोधक औषधी, सेक्स ड्राइभ, अन्य औषधी, सेक्स पावर औषधी, कपडा आदिको सही व्यवस्था पनि अत्यावश्यक छ । यस्ता सेक्स टुल्सहरू सुरक्षित राख्नुपर्छ, जसले झन्झटबाट मुक्ति मिल्छ ।

भ्रमबाट मुक्त

कतिपय महिला वा पुरुषमा आफ्नो जीवन साथीलाई पूर्ण रूपमा सन्तुष्टि दिन सकिदैन कि भन्ने डर पाइन्छ । आत्मविश्वासमा कमी हुदा पनि पूर्ण रूपमा यौन सन्तुष्टि मिल्दैन । त्यस कारण सानैदेखि मनमा जरा गाडेका भ्रमहरूका बारेमा पुनः विचार गरी विशेषज्ञसग सल्लाह लिई आत्मविश्वास बलियो बनाउन सक्नुपर्छ । पुरुषभन्दा महिलाहरूको मनमा सानैदेखि अनेक भ्रम हुन्छ ।

पूर्वीय परम्परामा हुर्किएका अधिकांश नेपाली अझै पनि सेक्सप्रति त्यति खुल्न सकेका छैनन् । अर्काे कुरा सेक्सप्रति सानैदेखि नकारात्मक धारणा भिराइएको हुन्छ जसले गर्दा ठूलो भैसक्दा पनि मनबाट उक्त भ्रम मेटिन सकेको हुदैन । यौनलाई फोहोरी, पुरुषलाई मात्र चाहिने, यौनजिज्ञासा राख्दा छाडा ठहरिनेजस्ता थुप्रै भ्रमपूर्ण कुराले धेरैको मनमा डेरा जमाइरहेको हुन्छ । यस्तो भ्रमित मानसिकता भए यौनतृष्णा मेट्न सकिदैन । यस्तो मानसिकता हु“दा न पार्टनरलाई भरपुर सन्तुष्टि दिन सकिन्छ न त आफ्नो प्यास नै मेटिन्छ तसर्थ यस्तो मानसिकता परिवर्तन गरिनुपर्छ जसले यौन जीवनलाई थप ऊर्जामय बनाउन सघाउ पु¥याउ“छ र जीवनसाथीसग खुलस्त यौनसम्बन्ध अघि बढाउन मद्दत पुग्छ ।

शरीरप्रतिको वितृष्णा

कतिपय महिला वा पुरुष आफ्नो शारिरिक अवस्था हेरेर यौनलाई आ“कलन गर्छन । यति मात्र होइन, पार्टनरको शरीरको स्ट्रक्चर हेरेर यौनक्षमता र सन्तुष्टिको मूल्यांकन गर्छन् । वास्तवमा यो शतप्रतिशत सही होइन । केही सीमित व्यक्तिमा लागू भए पनि सबैमा यो नियम लागू हुदैन । बाहिर सेक्सी देखिदैमा भित्र पनि उत्तिक्कै सेक्सी होलान् भन्न सकिदैन । अर्काे कुरा शरीरको कद, उचाइ, तौल, मोटाइ तथा बनावटका आधारमा सेक्सलाई मापन गर्न मिल्दैन । सबै ह्यान्डसम पुरूषले चरम सन्तुष्टि दिन सक्छन् भन्ने हुदैन । होचा पुड्का हुदैमा सन्तुष्टि दिन सक्दैनन् भन्न पनि मिल्दैन । यौन सन्तुष्टि भन्ने कुरा शारीरिकसगै मानसिक, बोली, आसन एवं व्यवहारमा निर्भर हुने कुरा हो । त्यस्तै सेक्सी अंगको मामिलामा पनि कतिपयले आफूलाई गिराएको पाइन्छ, हरेक व्यक्तिको आखामा सेक्सी अंग भिन्न–भिन्न हुन सक्छ । त्यसकारण पनि मनोभावनामा चोट पुग्ने गरी आफ्नो शरीरप्रति वितृष्णा राख्नु हुदैन । त्यसले यौनजीवनमा नकारात्मक असर पुग्न सक्छ तसर्थ आफ्नो शरीरप्रति पूर्ण सन्तुष्ट हुन सक्नुपर्छ ।

ध्यानमग्न

पार्टनरसग सम्पर्कको अवस्थामा अन्य विविध कुरामा मन डुलाउनु हुदैन । बालबच्चा, घरपरिवार, कमाइ, जागिर इत्यादि विषयमा ध्यान केन्द्रित गर्दा सेक्सप्रति मन एकत्रित हुदैन, जसले पार्टनरलाई त सुख मिल्दैन नै, आफूलाई पनि चरमसुख मिल्दैन । त्यसैले सम्पर्कका बेला ध्यान अन्त मोड्नु हुदैन । सन्तुष्टि प्राप्तिका लागि यौनसंसर्गमै ध्यान केन्द्रित गर्नुपर्छ । यसले यौनांगहरूको चाल तथा क्रियाशीलतामा समेत वृद्धि गर्छ । पीडाबाट जोगिन यौनसम्पर्क नै नगर्नेहरू पनि हुन्छन् । यो उपयुक्त विकल्प होइन । सामान्य पीडाले सेक्सलाई चरम अवस्थामा पु¥याउने यौनविज्ञहरू बताउछन् । पूर्ण सन्तुष्टिका लागि सामान्य पीडा अत्यावश्यक रहेको उनीहरूको भनाइ छ, तर असामान्य पीडा छ भने उपचारतर्फ लाग्नुपर्छ ।

अभिनय

यौन क्रीडामा कहिलेकाहीं अभिनयले पनि सकारात्मक नतिजा दिन्छ । सम्पर्कको केही समयमै चरम सन्तुष्टिको अभिनय गर्दा आफ्नो पार्टनरको मनमा चरम सन्तुष्टि दिएको अनुभव हुन्छ र ऊ यौनक्रिडाका लागि तयार हुन्छ । अर्काे कुरा चरम अवस्थामा पुगेको कुरा गर्दा पार्टनर पनि यौनक्रीडामा अधिक जोड दिन थाल्छ र दुवैलाई सन्तुष्टि मिल्छ । यसले एक–अर्कामा सेक्स डिजायर वृद्धि गर्न सहयोग पुग्छ ।

फोरप्ले

फोरप्लेलाई सेक्स स्याटिस्फ्याक्सनको आधारभूततत्वका रूपमा लिइन्छ । यो बिनाको सेक्स नुनबिनाको तरकारी वा अझ भनौं बलत्कारसरह नै हुन्छ । निरन्तर फोरप्लेबिना सेक्स भए बिस्तारै सेक्स डिजायर घट्ने सम्भावना रहन्छ तसर्थ यौनक्रिडामा पुग्नुपहिले प्रशस्त फोरप्ले अत्यावश्यक छ । यसले चरम सन्तुष्टि रूपमा मात्र दिदैन, सम्बन्धमै निकटता ल्याउछ । फोरप्लेअन्तर्गत शारीरिक छामछुम, रोमाञ्चक र सेक्सुयल वार्तालाप, प्रेमका कुरा, यौनसग सम्वन्धित अन्य तथ्य र कथनहरू, सेक्सी शब्द इत्यादिको प्रयोग पनि पर्छ । फोरप्लेले शारीरिक, मानसिक एवं संवेगात्मक रूपमा सेक्सका लागि तयार बनाउ“छ । खानामा अचारको भन्दा बढी महत्व हुन्छ सेक्समा फोरप्लेको ।

उत्प्रेरकको पहिचान

सेक्सका रमाउदा कुन कुराले आफ्नो पार्टनरको सेक्स डिजायर बढ्छ भन्ने कुरा पनि ख्याल गर्नुपर्छ । वार्तालाप, व्यवहार, तर्क, तथ्य, उदाहरण, शब्द, म्युजिक, हेराई आदि कुराले सेक्स डिजायर अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेलेका हुन्छन् । यस्ता कुराले उत्प्रेरकको भूमिका निर्वाह गरेको हुन्छ । पार्टनरको शारिरिक छामछुम, बोली–व्यवहार, सेक्सी हेराइ, सेक्ससम्बन्धी शब्दहरूको प्रयोगले पनि डिजायर ह्वात्तै बढ्ने गरेको बताइन्छ, तर यस्ता शब्द प्रयोग गर्दा भने निकै सावधानी अपनाउनुपर्छ । अर्काे कुरा आफ्नो पार्टनरको उत्तेजित अंग कुन हो भन्ने कुरा पत्ता लगाउनु पनि महत्वपूर्ण हुन्छ । महिला वा पुरुष दुवैमा मानिसअनुसार यस्ता अंगहरू फरक हुने भए पनि विशेषतः कान, आखा, हात, गाला, ओठ, पाइताला, यौनांग, पाखुरा, घा“टीलाई मुख्य रूपमा उत्प्रेरित अंगका रूपमा लिइन्छ ।

ड्रेसअप

सेक्स डिजायर अभिवृद्धिको अर्काे महत्वपूर्ण तत्व हो– ड्रेसअप । आफ्नो पहिरनले पार्टनरको सेक्स डिजायर बढाइरहेको हुन्छ । त्यसकारण बेड अथवा यौनक्रीडामा रम्ने भावना उब्जिदा त्यस्ता ड्रेस प्रयोग गर्न सकिन्छ, जसले पार्टनरलाई मौखिक आग्रह गरिरहन आवश्यक हुदैन । सधैं एउटै ड्रेस प्रयोग गर्नु भने राम्रो मानि“दैन । आफ्नो ड्रेसप्रति साथीको प्रतिक्रिया हेरेर मात्र कस्तो खालको ड्रेस प्रयोग गर्ने भन्ने निर्णय गर्नुपर्ने हुन्छ ।
रामजी बलामी साप्ताहिक । http://saptahik.ekantipur.com बाट साभार

प्रतिक्रिया

सम्बन्धित सामाग्री