शुक्रबार, १४ वैशाख २०८१

विश्वमा बिक्न सक्ने जनशक्ति उत्पादनमा समर्पित छौं :पुरुषोत्तम महर्जन

समयपोष्ट २०७४ असार १५ गते ३:२१

प्रिन्सिपल, सेन्ट लरेन्स कलेज

Advertisement

सेन्ट लरेन्स कलेज विद्यार्थीलाई शिक्षामा असीमित अवसरहरू प्रदान गर्दै उत्कृट एवं गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले गतिशील, दूरदर्शी, समर्पित, अनुभवी व्यावसायिक र शैक्षिक विशेषज्ञको समूहद्वारा सञ्चालित शैक्षिक संस्था हो । सेन्ट लरेन्सको शैक्षिक उपलब्धि भनेकै विद्यार्थीलाई सर्वागीण शिक्षा प्रदान गर्दै उनीहरूको व्यक्तिको विकासमा केन्द्रित छ । यस कलेजले तात्कालिक एचएसईबी, हालको एईबीमा उत्कृष्ट नतिजा र उत्कृष्ट नम्बर ल्याएर सर्वोत्कृष्ट कलेज भएको प्रमाणित गरेको छ भने सर्वोत्कृष्ट कलेजको नमुनाका रूपमा आफूलाई उभ्याउन सफल भएको छ । सर्वोत्कृष्ट नतिजाको सम्पूर्ण श्रेय कलेजका गतिशील, समर्पित र अनुभवी फ्याकल्टी टिमलाई जान्छ । जसले विद्यार्थीलाई आधुनिक युगको हरेक चुनौतीसँग सामना गर्न हौसला बढाइरह्यो । 

विश्व आधुनिकताको बाटोतर्फ उन्मुख हुँदै गर्दा प्रतिस्पर्धा तीव्र बनिरहेको छ । यसै सन्दर्भमा हामीे विश्वमा बिक्न सक्ने दक्ष जनशक्ति उत्पादनमा समर्पित छांै । फलस्वरूप हाम्रा विद्यार्थीले विभिन्न क्षेत्रमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा थुप्रै सफलता हासिल गर्दै गइरहेका छन् । हामीले प्रत्येक विद्यार्थीलाई विभिन्न विषयको विकल्पमा विद्यार्थीको इच्छा र माग अनुसार विषयको मेल खाने अतिरिक्त सामग्री उपलब्ध गराउँदै आएका छौं, जसले विद्यार्थीलाई उच्च तहको शिक्षा प्राप्त गर्न बलियो आधार प्रदान गर्छ । हामी भावी विद्यार्थी र अभिभावकलाई हाम्रो कलेजमा एकपटक अवलोकन गर्न र सही निर्णय गर्न अनुरोध गर्छांै । हामी विश्वस्त छौं– कि यो कलेजलाई तपाईंहरूले रुचाउनुहुनेछ र यो मात्र एक यस्तो कलेज हो, जसले तपार्इंको सपनालाई सत्यतामा रूपान्तरण गर्न मद्दत गर्नेछ ।
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री