शुक्रबार, १६ चैत २०८०

चीनले ल्यायो रेल जस्तै देखिने स्मार्टबस

समयपोष्ट २०७४ असार १२ गते ८:०५

चीनले झट्ट हेर्दा रेल जस्तै देखिने बस सार्वजनिक गरेको छ । स्मार्टबस नामाकरण गरिएको यो बस करीब ३० मिटर लामो छ ।

Advertisement

यस बसमा ३ सय जनासम्म बस्न मिल्ने तीनवटा डब्बा छन् । आकार रेलजस्तै भएपनि यो बस गुडाउँनको लागि रेलवे लाइनको आवश्यकता भने पर्दैन । 

बिना चालक स्मार्टबसमा भएको सेन्सरले पछ्याउँदै गुड्ने यस बसका लागि सामान्य पक्की सडकमै सेतो रङको लाइन कोरिएको हुन्छ । 

पूर्वाधारमा हुने यही कम लगानीका कारण यो सबवे र ट्रामभन्दा सस्तो पर्ने यसको निर्माणकर्ता चाइना रेल ट्रान्जिट फर्मले जनाएको छ । 

समाचारका अनुसार चीनले यसको व्यावसायिक सुरुआत  सन् २०१८ बाट मात्र गर्नेछ ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री