शुक्रबार, १६ चैत २०८०

नेपाल एसबिआई बैंकको हकप्रद भर्नुभयो ? आज अन्तिम दिन

समयपोष्ट २०७४ असार ११ गते ६:१७

नेपाल एसबिआई बैंकको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन हो । बैंकले जेठ ७ गतेबाट एक अर्ब ९९ करोड १९ लाख ४२ हजार ३६० रुपैँयाको एक करोड ९९ लाख १९ हजार चार सय २३ दशमलव ६० कित्ता हकप्रद निष्कासन गरेको थियो । 

Advertisement

हकप्रदमा गत बैशाख २५ गते सोमबारसम्म कायम बैंकका सेयरधनीले मात्र आवेदन गर्न पाउनेछन ।

लगानीकर्ताले एनएमबि क्यापिटल,एसबिआई बैंकका सबै शाखा कार्यालयहरु, एसबिआई मर्चेन्ट बैकिंग लिमिटेड हात्तिसार, र एनएमबि क्यापिटल नागपोखरीबाट हकप्रद सेयरको लागि आवेदन बुझाउँन सक्नेछन् । 

४० प्रतिशत हकप्रद पश्चात बैंकको पूँजी झण्डै ७ अर्ब रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री