बिहीबार, ६ वैशाख २०८१

एनआईसी एशियाले सुरु गर्यो कर्जा ट्रयाकिङ प्रणाली,कर्जाका लागि आवेदन दिएका ग्राहकहरुले अपडेट चाहेको बेला लिन सक्ने

समयपोष्ट २०७४ असार ९ गते ६:५९

एनआइसी एसिया बैंकले कस्टमर रिटेल ट्रयाकिङ सिस्टमको सुरुवात गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई सहज रुपले उत्कृष्ट सेवा प्रदान गर्ने उदेश्यले प्रविधिको उच्चतम प्रयोग गर्दै कर्जा स्वीकृतका हरेक चरणको अपडेट हेर्न मिल्ने गरि “Customer Retail Loan Tracking System (CRLTS)” को सुरुवात गरेको जनाएको छ।

Advertisement

बैंकका अनुसार सिआरएलटिएसद्धारा उच्चतम प्रविधिको प्रयोग गर्दै, बैंकले एसएमएस मार्फत सम्पूर्ण रिटेल कर्जाका आवेदकहरुलाई आफ्नो कर्जा निवेदनको अवस्थाबारे जानकारी प्रदान गर्नेछ । 

यस प्रविधिको प्रयोग मार्फत ग्राहकले बैंकको कर्जा निवेदन प्राप्त गर्ने देखि कर्जा रकम ग्राहकको खातामा भुक्तानी गर्ने सम्मको चरणहरुबारे जानकारी पाउनेछन।

ग्राहकले बैंकको आधिकारिक वेबसाइट मार्फत निवेदन नम्बर र मोबाईल नम्बरका आधारमा कर्जा निवेदनको प्रगति हेर्न सक्नेछन् । यो सेवा बैंकको हालको सम्पूर्ण ११७ शाखाहरुबाट उपयोग गर्न सकिने बैंकले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री