शुक्रबार, १४ वैशाख २०८१

नेप्सेमा ४ करोड २६ लाख ६४ हजार ६९९.९१ कित्ता सेयर सुचिकृत

समयपोष्ट २०७४ असार ९ गते ६:०१

नेपाल स्टक एक्सचेञ्जमा ४ करोड २६ लाख ६४ हजार ६९९.९१ कित्ता सेयर सुचिकृत भएको छ । बिहीबार विभिन्न पाँच कम्पनीको बोनस, हकप्रद तथा एक्विजिशनका सेयरहरु कारोबारका लागि नेप्सेमा सुचिकृत भएका हुन् ।

Advertisement

 बिहीबार नेपाल लाइफ इन्सयोरेन्सको ६१ लाख ९२ हजार आठ सय ५७.२५ कित्ता बोनस सेयर सुचिकृत भएको नेप्सेले जनाएको छ । 

त्यसैगरि प्रुडेन्सियल इन्स्योरेन्सको सात लाख १२ हजार आठ सय कित्ता बोनस सेयर नेप्सेमा सुचिकृत भएको छ । 

इन्नेभेटिभ डेभलपमेण्ट बैंक र अरनिको डेभलपमेण्ट बैंकलाई आफुमा विलय गरेको सेञ्चुरी कमर्शियल बैंकले ती संस्थाको ६५ लाख ५६ हजार ६४० कित्ता सेयर सेञ्चुरी बैंकको नामबाट सुचिकृत गराएको छ ।

सानिमा बैंकको एक करोड ५७ लाख छ हजार पाँच सय ७० कित्ता हकप्रद सुचिकृत भएको छ भने कुमारी बैंकको एक करोड ३४ लाख ९५ हजार ८३२.६६ कित्ता हकप्रद सेयर पनि कारोबारका लागि सुचिकृत भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री